आधुनिक घट्ट निर्माणपछि स्थानीय लाभान्वित  « Khabarhub

आधुनिक घट्ट निर्माणपछि स्थानीय लाभान्वित 



सुर्खेत- दैलेखको ठाटीकाँध गाउँपालिका ३ खुड्खुडीका लालबहादुर आले मगर तीन घण्टाको पैदल यात्रा गरेर घट्ट पुग्थे । तीन घण्टाको बाटो हिँडेर घट्ट पुगे पनि उनले सितिमिति पालो पाउँदैनन् थिए । दुईदेखि चार दिन घट्ट कुरेर पिसेर घर फकिन्थे । बिहानको झिसमिसेमै टर्च बालेर मकै गहुँ पिस्न घट्ट पुग्ने उनका दिन अहिले फेरिएका छन् ।

उनीजस्तै ठाटीकाँध ३ विशाला माझखर्ककि मैनकला शाहीका दुःख पनि उस्तै थिए । बिहान भालेको डाँकोसँगै उठ्थिन् । कुम्लो कुटिरोसँग टर्च बालेर एक महिनालाई पुग्ने गहुँ पिस्न तीनदेखि चार घण्टाको बाटो हिँडेर रामघाट खोला पुग्थिन् । सितिमिति घट्ट पिस्ने पालो पाउँदैन थिइन् । तीन चार घण्टाको बाटो हिँडेर गए पनि पालो नपाउने समस्या थियो । घट्टमा घट्टेराहरुको भिड हुन्थ्यो ।

घट्ट पुग्ने बित्तिकै गहुँका बोराले घट्ट भरिभराउ हुन्थे । अगाडी पालो नपाउने कुराले मन खिन्न बनाउँदै बस्नुपरेको दिन ताजै रहेको अहिले  उनी सम्झिन्छिन्। लालबहादुर र मैनकला जस्तै यहाँका एक सय चार घर परिवारका समस्या उस्तै थिए । तर अहिले ती दिन फेरिएका छन् ।

ठाटीकाँध गाउँपालिका ३ खुड्खुडी आधुनिक घट्ट निर्माण योजना सम्पन्न भएपछि यहाँका एक सय चार घरधुरी परिवारका दिन बद्लिएका छन् । पहिले तीन चार घण्टा हिँड्ने बाटोमा अहिले आधा एक घण्टामै घट्ट पिस्न सकिन्छ  ।

उनका लागि त्यो समस्या टरेको छ । ठाटीकाँध गाउँपालिका र युएनडिपीको आर्थिक सहयोगमा खुड्खुडी आधुनिक घट्ट निर्माण योजना सम्पन्न भएपछि एक सय चार घर लाभान्वित भएका छन् । ठाटीकाँध गाउँपालिका र युएनडिपीको सहयोग गरी कुल पाँच लाख ७५ हजार एक २२ रुपैयाँमा निर्माण सम्पन्न भएको घट्ट बाहकोट, खुड्खुडी र माझ खर्क विशालाका नागरिकका लाभान्वित भएका छन् । जेठ ३१ बाट सञ्चालनमा आएको हो । घट्ट पिस्न आउने प्रति बोरा पिसेबापत पचास र ३० केजी पिसेबापत ३ कुरुवा लगेर कोषमा जम्मा गर्ने गर्ने गरेको आलेको भनाइ  छ ।

प्रकाशित मिति : ३० भाद्र २०७९, बिहीबार  ३ : ०० बजे

सल्लाहकारको पछि लाग्दा देउवाको मान-सम्मान गुम्दै : छवि लामा

दोलखा– नेपाली कांग्रेस दोलखाका पार्टी उपसभापति एवं वैतेश्वर गाउँपालिका अध्यक्ष

धवलशम्सेरको पार्टीले राजसंस्था र हिन्दु अधिराज्यका पक्षमा हस्ताक्षर संकलन गर्ने

काठमाडौं– धवलशम्सेर राणा नेतृत्वको प्रस्तावित जय नेपाल पार्टीले संवैधानिक राजसंस्था

दुर्गा प्रसाईंको घरमा प्रहरीको खानतलासी

काठमाडौं- मेडिकल व्यवसायी दुर्गा प्रसाईंको घरमा प्रहरीले खानतलासी गरेको छ

अघिल्लो आर्थिक वर्षमा बैंक र जलविद्युत सकारात्मक, होटेल र बीमा क्षेत्र सुस्त

काठमाडौं– गत आर्थिक वर्षमा अर्थतन्त्रका मुख्य क्षेत्रको वित्तीय अवस्था मिश्रित