मैले अँगालो हालेँ,  प्रचण्डले छुरा रोपे : ओली « Khabarhub

मैले अँगालो हालेँ,  प्रचण्डले छुरा रोपे : ओली


३० भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनले देशलाई अप्ठेरो अवस्थामा पुर्‍याएको बताएका छन्।

पार्टी कार्यालय च्यासलमा बिहीबार आयोजित पार्टी प्रवेश कार्यक्रममा गठबन्धनले देशलाई आर्थिक, सांस्कृतिक, सामाजिक , राजनीतिक हरेक हिसाबले निर्लज्ज ढंगले ओरालोतर्फ लगिरहेको बताएका हुन् ।

मुलुकलाई शान्ति र स्थिरता तथा विकासको बाटोतर्फ अघि बढाउन अबको निर्वाचनमा एमालेले हार्न नहुने उनले बताए। ओलीले गठबन्धनले निरन्तर असंवैधानिक काम गरिरहेको र अब यसलाई रोक्नुपर्ने धारणा राखे। एमालेलाई पराजित गर्न सजिलो नभएकै कारण गठबन्धन बनाएर परमादेशबाट सरकार बनाइएको उनको भनाइ छ ।

अध्यक्ष ओलीले अहिले पनि गठबन्धनमा रहेका दलहरू मध्ये कसैले पनि एक्ला एक्लै चुनाव लड्ने आँट गर्न नसकेको तर्क गरे। उनले एकताका लागि प्रचण्डलाई अँगालो हाल्दा छुरा रोपेको र आफूलाई नै साधारण सदस्यबाट निष्कासन गरेको बताए। कम्युनिष्ट आन्दोलनलाई प्रचण्डले बेइमानी र धोका दिएको उनको भनाई छ ।

कार्यक्रममा अध्यक्ष ओलीले माओवादीका नेता यमबहादुर परियार लगायतका नेता तथा कार्यकर्तालाई एमालेमा प्रवेश गराएका थिए।

प्रकाशित मिति : ३० भाद्र २०७९, बिहीबार  ३ : १९ बजे

नेप्से परिसूचकमा सामान्य अंकको गिरावट

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचकमा सामान्य अंकको गिरावट देखिएको छ। 

राष्ट्रिय सभाको हिउँदे अधिवेशन माघ ४ गते बोलाउन सिफारिस

काठमाडौं– सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले संघीय संसद्को माथिल्लो सदन

दलबल लिएर देउवा भेट्न पुगे शेखर

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालासहितको टोली शेरबहादुर देउवालाई भेट्न

नेपाली कांग्रेसद्वारा सबै सदस्यसमक्ष एकता र संयमको अपील

काठमाडौँ– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले देश अहिले गम्भीर

विशेष महाधिवेशनले संकटमा परेपछि कानुन व्यवसायी र पार्टी पदाधिकारीसँग छलफल गर्दै देउवा

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूनिकट कानून व्यवसायी र