माओवादी केन्द्रीय सदस्य परियार एमालेमा प्रवेश « Khabarhub

माओवादी केन्द्रीय सदस्य परियार एमालेमा प्रवेश


३० भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

चितवन- प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन नजिकिँदै गर्दा जिल्ला अध्यक्ष र सेक्रेटरी भइसकेका नेता यमबहादुर परियार ‘इन्द्रजीत’ नेकपा एमालेमा प्रवेश गरेका छन् । माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् चितवन जिल्लाका पूर्वअध्यक्ष परियारकाे एमाले प्रवेशलाई चितवनमा माओवादी केन्द्रलाई धक्का पुगेको रूपमा हेरिएको छ ।

च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा  आयोजित कार्यक्रममा एमालेका अध्यक्ष केपी शर्मा ओलीले परियारलाई एमालेमा स्वागत गर्दै पार्टी प्रवेश गराएका हुन् ।

परियार माओवादी केन्द्र चितवनको जिल्ला सह–इन्चार्जसमेत हुन् । जिल्ला अध्यक्ष भइसकेका परियारलाई माओवादी केन्द्रले बेवास्ता गर्दै आएको थियो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समेत परियारलाई राम्रो जिम्मेवारी नदिएपछि परियार समूह असन्तुष्ट थियो ।

परियारसहित अन्य नेताहरू पनि एमालेमा प्रवेश गरेका छन् । पार्टी प्रवेश कार्यक्रममा एमाले उपाध्यक्ष रामबहादुर थापा बादल, सुरेन्द्र पाण्डे, केन्द्रीय सदस्य जेएन थपलिया, देवी ज्ञवालीलगायत सहभागी थिए ।

प्रकाशित मिति : ३० भाद्र २०७९, बिहीबार  ३ : २६ बजे

गौतम बुद्ध विमानस्थल अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा

रुपन्देही- मुलुकको पर्यटन तथा हवाई पूर्वाधार विस्तारका लागि राज्यले धेरै

महाकालीको बाढीले दोधारा चाँदनी जोड्ने झोलुङ्गे पुल बगायो

काठमाडौँ – महाकाली नदीमा आएको बाढीले कञ्चनपुरको भीमदत्त नगरपालिका र

यस्ता छन् क्रिकेट इतिहासका ५ ठूला काण्ड

काठमाडौँ – नेपाली क्रिकेट टोली अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो उपस्थिति बलियो

नारायणीमा ६० वर्षयताकै भीषण बाढी: करोडौँका संरचना बगे, नारायणगढ बजारमै जोखिम

चितवन – नारायणगढ बजारसँगै टाँसिएको नारायणी नदी किनारलाई ‘सिबिच’ (समुद्री

परराष्ट्रमन्त्री स्वदेश फर्कँदै, विमानस्थलमै प्रेस ब्रिफिङ

काठमाडौँ – संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भई परराष्ट्रमन्त्री शिशिर