‘भ्रष्टाचार गर्ने प्रवृत्तिको अन्त्य गर्नुपर्छ’ « Khabarhub

‘भ्रष्टाचार गर्ने प्रवृत्तिको अन्त्य गर्नुपर्छ’


३० भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचार गर्दिनँ भनेर भित्रभित्रै भ्रष्टाचार गर्ने प्रवृत्तिलाई अन्त्य गर्नुपर्ने बताएका छन् ।

बिहीबार काठमाडौंमा नेपाल उद्योग व्यापार महासंघको प्रथम केन्द्रीय महाधिवेशनलाई सम्बोधन गर्दै प्रचण्डले भ्रष्टाचार गर्दिनँ, गर्न पनि दिन्न भन्ने साइनबोर्ड राखेर भित्र भ्रष्टाचारबाहेक केही पनि नगर्ने व्यक्तिहरू मुलुक सञ्चालनमा रहेको भन्दै यस्तो प्रवृत्तिलाई अन्त्य गर्नुपर्ने बताएका हुन् । उनले मुलुकबाट भ्रष्टाचार अन्त्य गर्नका लागि निर्वाचन प्रणाली र शासकीय स्वरूपमा परिवर्तन गर्नुपर्ने स्पष्ट पारे ।

उनले अव मुलुकमा संरचनागत सुधार गरेर आर्थिक सुधारमा जानुपर्ने धारणा पनि राखे । देशलाई आत्मनिर्भरताको बाटोमा लान उद्योग व्यवसायीहरूको भूमिका महत्वपूर्ण रहेको भन्दै आर्थिक क्रान्तिका लागि आवश्यक परे व्यवसायीहरू सडकमा आउनुपर्ने उनले बताए ।

कार्यक्रममा व्यवसायी कृष्ण आचार्यले राजनीतिक परिवर्तनसँगै अव आर्थिक रूपान्तरणका लागि केन्द्रित हुनुपर्ने बेला आएको बताए । उनले निर्वाचनको घोषणा पत्रमा दलहरूले आर्थिक विषयलाई प्राथमिकताका साथ समेट्नुपर्ने बताए । 

कार्यक्रमका व्यवसायीहरूले निर्वाचनका जादा व्यवसायीहरूको मुद्दालाई प्राथमिकतामा साथ अघि बढाउन सुझाव दिएका थिए । 

प्रकाशित मिति : ३० भाद्र २०७९, बिहीबार  ४ : ३८ बजे

विशेष महाधिवेशन : यस्तो छ गगन थापाले पेश गरेको राजनीतिक प्रतिवेदन 

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको दोस्रो विशेष महाधिवेशनमा समसामयिक

एमालेले ‘षडयन्त्र’ भनेको जेन-जी आन्दोलनलाई कांग्रेसले दियो ‘विद्रोह’को मान्यता

काठमाडौं– तत्कालीन सरकारको नेतृत्व गरेको नेकपा (एमाले)ले जेनजी पुस्ताका युवाहरूले

कांग्रेसको विशेष महाधिवेशन कार्यविधि पारित : के छ कार्यविधिमा ?

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरद्वारा आयोजित विशेष महाधिवेशनको बन्दसत्रले

संविधानका थुप्रै कुरा बदल्नुपर्छ : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संविधानका थुप्रै कुरा बदल्नुपर्ने

यो कांग्रेसभित्र गुटको किल्ला भत्काउने अभियान हो : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विशेष महाधिवेशन पार्टीको गुटभित्रको