आर्थिक वर्षको पहिलो महिना : सेवा आय ११ अर्ब ६ करोडले घाटामा  « Khabarhub

आर्थिक वर्षको पहिलो महिना : सेवा आय ११ अर्ब ६ करोडले घाटामा 


३० भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको पहिलो महिना साउनमा खुद सेवा आय ११ अर्ब ६ करोड रुपैयाँले घाटामा रहेको जनाएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय १० अर्ब १३ करोडले घाटामा रहेको थियो ।

सेवा खाता अन्तर्गत गत साउन महिनामा भ्रमण आय ५६.० प्रतिशतले वृद्धि भई २ अर्ब ६० करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १ अर्ब ६७ करोड रुपैयाँ रहेको थियो ।

चालु आर्थिक वर्षको साउन महिनामा सेवा खाता अन्तर्गत भ्रमण व्यय ८३.८ प्रतिशतले वृद्धि भई १० अर्ब ५ करोड रुपैयाँ पुगेको छ । यसमध्ये शिक्षातर्फको व्यय ७ अर्ब १३ करोड रुपैयाँ रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय ५ अर्ब ४७ करोड रुपैयाँ रहेकोमा शिक्षातर्फको व्यय ३ अर्ब ४७ करोड रुपैयाँ रहेको थियो ।

प्रकाशित मिति : ३० भाद्र २०७९, बिहीबार  ६ : ०४ बजे

गौतम बुद्ध विमानस्थल अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा

रुपन्देही- मुलुकको पर्यटन तथा हवाई पूर्वाधार विस्तारका लागि राज्यले धेरै

महाकालीको बाढीले दोधारा चाँदनी जोड्ने झोलुङ्गे पुल बगायो

काठमाडौँ – महाकाली नदीमा आएको बाढीले कञ्चनपुरको भीमदत्त नगरपालिका र

यस्ता छन् क्रिकेट इतिहासका ५ ठूला काण्ड

काठमाडौँ – नेपाली क्रिकेट टोली अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो उपस्थिति बलियो

नारायणीमा ६० वर्षयताकै भीषण बाढी: करोडौँका संरचना बगे, नारायणगढ बजारमै जोखिम

चितवन – नारायणगढ बजारसँगै टाँसिएको नारायणी नदी किनारलाई ‘सिबिच’ (समुद्री

परराष्ट्रमन्त्री स्वदेश फर्कँदै, विमानस्थलमै प्रेस ब्रिफिङ

काठमाडौँ – संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भई परराष्ट्रमन्त्री शिशिर