बैतडीका आठ पालिकाद्वारा भूमि आयोगसँग सम्झौता « Khabarhub

बैतडीका आठ पालिकाद्वारा भूमि आयोगसँग सम्झौता


३० भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

बैतडी– बैतडीका आठ स्थानीय तहले राष्ट्रिय भूमि आयोगसँग सम्झौता गरेका छन् । पुर्चौंडी, मेलौली र पाटन नगरपालिका तथा डिलाशैनी, पञ्चेश्वर, शिवनाथ, सिगाससुर्नया गाउँपालिकाले भूमि आयोगसँग सम्झौता गरेका हुन् ।  

राष्ट्रिय भूमि आयोग जिल्ला समितिका अध्यक्ष धर्मसिंह ऐरका अनुसार सम्बन्धित स्थानीय तहमा रहेका अव्यवस्थित बसोवासी, भूमिहीन, दलित र सुकुम्बासीको तथ्यांक संकलनका लागि उनीहरूले सम्झौता गरेका हुन् । सम्झौता भएसँगै जिल्लामा रहेका अव्यवस्थित बसोवासी, सुकुम्बासी र भूमिहीनको तथ्यांक संकलन गरी उनीहरूका समस्या समाधानका लागि आयोगले काम गर्नेछ । 

उनले भने, ‘पालिकाले आयोगसँग सम्झौता गरेसँगै अब काम अघि बढ्छ, तथ्यांक संकलनपछि अव्यवस्थित बसोवासी, सुकुम्बासी र भूमिहीनको व्यवस्थापनको काम अघि बढाउछौँ ।’ 

जिल्लाका अन्य दुई स्थानीय तहलाई पनि सम्झौताका लागि आग्रह गरेको अध्यक्ष ऐरले बताए । अब दोगडाकेदार गाउँपालिका र दशरथचन्द नगरपालिकाले मात्रै आयोगसँग सम्झौता गर्न बाँकी छ । जिल्लास्थित भूमि आयोगको जिल्ला समितिसँगसमेत समन्वय गरेर काम अघि बढाइनेछ । 

स्थानीय तहले राष्ट्रिय भूमि आयोगसँग सम्झौता नगरेका कारण यसअघि काम अघि बढ्न सकेको थिएन ।  सम्झौता गरेसँगै आठवटै पालिकामा अव्यवस्थित बसोवासी, सुकुम्बासी र भूमिहीनको लगत संकलनको काम अघि बढेको बताइएको छ ।  

प्रकाशित मिति : ३० भाद्र २०७९, बिहीबार  ६ : ०७ बजे

मधेस प्रदेशसभा : सभामुख पदका लागि नाम दर्ता

महेन्द्रनगर (धनुषा)- मधेस प्रदेशसभाको सभामुख पदका लागि जनता समाजवादी पार्टी

सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्छ : मन्त्री घिसिङ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र

ड्रोन प्रविधि विस्तारका लागि रूसमा जनशक्ति अभाव

मस्को- रूसलाई ड्रोन क्षेत्रमा करिब ४४ हजार दक्ष तथा विशेष

महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान

पोखरा– सिरानमा चाँदीजस्तै टल्किरहेका माछापुच्छ्रे र अन्नपूर्ण हिमशृङ्खला । तल

भृकुटीमण्डपमा नेकपाको एकता सन्देश सभा र्‍याली (तस्बिरहरू)

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को एकता सन्देश सभा