बैतडीका आठ पालिकाद्वारा भूमि आयोगसँग सम्झौता « Khabarhub

बैतडीका आठ पालिकाद्वारा भूमि आयोगसँग सम्झौता


३० भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

बैतडी– बैतडीका आठ स्थानीय तहले राष्ट्रिय भूमि आयोगसँग सम्झौता गरेका छन् । पुर्चौंडी, मेलौली र पाटन नगरपालिका तथा डिलाशैनी, पञ्चेश्वर, शिवनाथ, सिगास र सुर्नया गाउँपालिकाले भूमि आयोगसँग सम्झौता गरेका हुन् ।  

राष्ट्रिय भूमि आयोग जिल्ला समितिका अध्यक्ष धर्मसिंह ऐरका अनुसार सम्बन्धित स्थानीय तहमा रहेका अव्यवस्थित बसोवासी, भूमिहीन, दलित र सुकुम्बासीको तथ्यांक संकलनका लागि उनीहरूले सम्झौता गरेका हुन् । सम्झौता भएसँगै जिल्लामा रहेका अव्यवस्थित बसोवासी, सुकुम्बासी र भूमिहीनको तथ्यांक संकलन गरी उनीहरूका समस्या समाधानका लागि आयोगले काम गर्नेछ । 

उनले भने, ‘पालिकाले आयोगसँग सम्झौता गरेसँगै अब काम अघि बढ्छ, तथ्यांक संकलनपछि अव्यवस्थित बसोवासी, सुकुम्बासी र भूमिहीनको व्यवस्थापनको काम अघि बढाउछौँ ।’ 

जिल्लाका अन्य दुई स्थानीय तहलाई पनि सम्झौताका लागि आग्रह गरेको अध्यक्ष ऐरले बताए । अब दोगडाकेदार गाउँपालिका र दशरथचन्द नगरपालिकाले मात्रै आयोगसँग सम्झौता गर्न बाँकी छ । जिल्लास्थित भूमि आयोगको जिल्ला समितिसँगसमेत समन्वय गरेर काम अघि बढाइनेछ । 

स्थानीय तहले राष्ट्रिय भूमि आयोगसँग सम्झौता नगरेका कारण यसअघि काम अघि बढ्न सकेको थिएन ।  सम्झौता गरेसँगै आठवटै पालिकामा अव्यवस्थित बसोवासी, सुकुम्बासी र भूमिहीनको लगत संकलनको काम अघि बढेको बताइएको छ ।  

प्रकाशित मिति : ३० भाद्र २०७९, बिहीबार  ६ : ०७ बजे

गौतम बुद्ध विमानस्थल अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा

रुपन्देही- मुलुकको पर्यटन तथा हवाई पूर्वाधार विस्तारका लागि राज्यले धेरै

महाकालीको बाढीले दोधारा चाँदनी जोड्ने झोलुङ्गे पुल बगायो

काठमाडौँ – महाकाली नदीमा आएको बाढीले कञ्चनपुरको भीमदत्त नगरपालिका र

यस्ता छन् क्रिकेट इतिहासका ५ ठूला काण्ड

काठमाडौँ – नेपाली क्रिकेट टोली अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो उपस्थिति बलियो

नारायणीमा ६० वर्षयताकै भीषण बाढी: करोडौँका संरचना बगे, नारायणगढ बजारमै जोखिम

चितवन – नारायणगढ बजारसँगै टाँसिएको नारायणी नदी किनारलाई ‘सिबिच’ (समुद्री

परराष्ट्रमन्त्री स्वदेश फर्कँदै, विमानस्थलमै प्रेस ब्रिफिङ

काठमाडौँ – संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भई परराष्ट्रमन्त्री शिशिर