एक महिनामा सरकारले गर्‍यो २२ अर्ब २६ करोड खर्च  « Khabarhub

एक महिनामा सरकारले गर्‍यो २२ अर्ब २६ करोड खर्च 


३० भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सरकारले चालु आर्थिक वर्ष २०७९/८० को पहिलो महिना साउनमा २२ अर्ब २६ करोड रुपैयाँ खर्च गरेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार साउन महिनामा सरकारले चालुतर्फ ५ अर्ब ६६ करोड रुपैयाँ, पुँजीगततर्फ १ अर्ब ४८ करोड रुपैयाँ र वित्तीय व्यवस्था अन्तर्गत १५ अर्ब १२ करोड रुपैयाँ खर्च गरेको छ ।

साउन महिनामा संघीय सरकारको कुल राजस्व ७९ अर्ब ७२ करोड रुपैयाँ परिचालन भएको छ । यसमध्ये कर राजस्व तर्फ ७० अर्ब ६४ करोड रुपैयाँ र गैर कर राजस्व तर्फ ९ अर्ब ८ करोड परिचालन भएको छ ।

२०७९ साउन मसान्तमा सरकारका विभिन्न खातामा २ खर्ब ९४ अर्ब २५ करोड नगद मौज्दात रहेको राष्ट्र बैंकद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ । २०७९ असार मसान्तमा यस्तो मौज्दात २ खर्ब २७ अर्ब ६९ करोड रहेको थियो ।

प्रकाशित मिति : ३० भाद्र २०७९, बिहीबार  ६ : ५३ बजे

इटहरीमा आजदेखि ‘सीप तथा रोजगार मेला’ सुरु, सभामुख अर्यालले उद्घाटन गर्ने

इटहरी – सरकारले युवालाई व्यावहारिक सीप प्रदान गरी रोजगारका अवसरसँग

संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिएर परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सहभागी

पोखरा अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका मनमोहक तस्बिर

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) ले सामाजिक सञ्जालमा पोखरा

गौतम बुद्ध विमानस्थल अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा

रुपन्देही- मुलुकको पर्यटन तथा हवाई पूर्वाधार विस्तारका लागि राज्यले धेरै

महाकालीको बाढीले दोधारा चाँदनी जोड्ने झोलुङ्गे पुल बगायो

काठमाडौँ – महाकाली नदीमा आएको बाढीले कञ्चनपुरको भीमदत्त नगरपालिका र