तातोपानी नाकाबाट आज दुई वटा कन्टेनर भित्रिए « Khabarhub

तातोपानी नाकाबाट आज दुई वटा कन्टेनर भित्रिए


३० भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


321
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – तातोपानी नाकाबाट आज दुई वटा कन्टेनर भित्रिएका छन् । एउटामा कच्चा ऊन र अर्कोमा हाइड्रोलगायतका मेसिन भित्रिएको भन्सार अधिकृत लक्ष्मण बाँस्तोलाले जानकारी दिए ।

मङ्गलबारसम्म ११ कन्टेनर स्याउ, खुद्रा सामान तथा लसुन भित्रिएको पनि भन्सार कार्यालयले जनाएको छ । हिजो भने कुनै पनि समान नआएको बाँस्तोलाले जानकारी दिए । विसं २०७२ को भूकम्पपछि यो नाका सहज सञ्चालन हुन सकेको छैन । भूकम्पअघि दैनिक करोड बढी राजस्व तातोपानीबाट उठ्ने गरेको थियो ।

झण्डै एक महिना बढी समयदेखि कोभिड–१९ को सङ्क्रमण बढेको भन्दै बन्द भएका तातोपानी र रसुवातर्फका नाका आजदेखि खुलेका छन् । नेपालको चारदिने औपचारिक भ्रमणमा आउनुभएका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकङ्ग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शुको भ्रमणका क्रममा भएका द्विपक्षीय सहमतिपश्चात् नाका खुलेको बताइएको छ ।

साथै कोभिड–१९ को सङ्क्रमण घटेकाले पनि दुवै नाका आजदेखि सञ्चालन गरिएकोसमेत जनाइएको छ ।

प्रकाशित मिति : ३० भाद्र २०७९, बिहीबार  ८ : ४५ बजे

राष्ट्रपति पौडेलको असावधानीकै कारण प्रतिनिधिसभा विघटन भयो : महेश बर्तौला

काठमाडौं– नेकपा एमालेका नेता महेश बर्तौलाले राष्ट्रपति रामचन्द्र पौडेलकै कारण

मधेस प्रदेशसभा : सभामुख पदका लागि नाम दर्ता

महेन्द्रनगर (धनुषा)- मधेस प्रदेशसभाको सभामुख पदका लागि जनता समाजवादी पार्टी

सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्छ : मन्त्री घिसिङ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र

ड्रोन प्रविधि विस्तारका लागि रूसमा जनशक्ति अभाव

मस्को- रूसलाई ड्रोन क्षेत्रमा करिब ४४ हजार दक्ष तथा विशेष

महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान

पोखरा– सिरानमा चाँदीजस्तै टल्किरहेका माछापुच्छ्रे र अन्नपूर्ण हिमशृङ्खला । तल