तातोपानी नाकाबाट आज दुई वटा कन्टेनर भित्रिए « Khabarhub

तातोपानी नाकाबाट आज दुई वटा कन्टेनर भित्रिए


३० भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


321
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – तातोपानी नाकाबाट आज दुई वटा कन्टेनर भित्रिएका छन् । एउटामा कच्चा ऊन र अर्कोमा हाइड्रोलगायतका मेसिन भित्रिएको भन्सार अधिकृत लक्ष्मण बाँस्तोलाले जानकारी दिए ।

मङ्गलबारसम्म ११ कन्टेनर स्याउ, खुद्रा सामान तथा लसुन भित्रिएको पनि भन्सार कार्यालयले जनाएको छ । हिजो भने कुनै पनि समान नआएको बाँस्तोलाले जानकारी दिए । विसं २०७२ को भूकम्पपछि यो नाका सहज सञ्चालन हुन सकेको छैन । भूकम्पअघि दैनिक करोड बढी राजस्व तातोपानीबाट उठ्ने गरेको थियो ।

झण्डै एक महिना बढी समयदेखि कोभिड–१९ को सङ्क्रमण बढेको भन्दै बन्द भएका तातोपानी र रसुवातर्फका नाका आजदेखि खुलेका छन् । नेपालको चारदिने औपचारिक भ्रमणमा आउनुभएका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकङ्ग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शुको भ्रमणका क्रममा भएका द्विपक्षीय सहमतिपश्चात् नाका खुलेको बताइएको छ ।

साथै कोभिड–१९ को सङ्क्रमण घटेकाले पनि दुवै नाका आजदेखि सञ्चालन गरिएकोसमेत जनाइएको छ ।

प्रकाशित मिति : ३० भाद्र २०७९, बिहीबार  ८ : ४५ बजे

वर्षापछि काठमाडौं जलमग्न, कहाँ कति पानी पर्‍यो ?

काठमाडौं – आज काठमाडौंसहित विभिन्न जिल्लामा भारी वर्षा भएको छ

सरकारको १०० दिनः शासकीय सुधारका १०० बुँदे कार्ययोजनामा के–के भए ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र

गुल्मी अस्पताल निर्माण ढिलाइ हुँदा बिरामीलाई समस्या

गुल्मी – पाँच वर्षअघिदेखि निर्माण सुरु भएको गुल्मी अस्पतालले अझै

मन्त्री गौरी यादवको निर्देशनपछि पेट्रोल पम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानुन तयार

काठमाडौं – नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमनका लागि

दार्चुलामा सहुलियत मूल्यमा चामल बिक्री

दार्चुला – खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय