अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी पोखरामा सुरु « Khabarhub

अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी पोखरामा सुरु


३० भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

पोखरा – नगेन आर्ट एकेडेमीको आयोजनामा र्ईण्डो–नेपाल फ्रेण्डसिप अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी आजदेखि पोखरामा सुरु भएको छ ।

घामपानी मार्केट चिप्लेढुङ्गास्थित एकेडेमीकै हलमा गरिएको प्रदर्शनीमा भारतका सात र नेपालका १९ कलाकारका ३३ कलाकृति राखिएका छन् । प्रदर्शनी आगामी असोज १४ गतेसम्म रहनेछ ।

प्रदर्शनीको एक समारोहबीच उद्घाटन गर्दै पोखरा महानगर प्रमुख धनराज आचार्यले नेपाल भारत बीचको द्विपक्षीय सम्बन्धलाई कलात्मक सम्बन्धका रुपमा विकास गर्न प्रदर्शनी सफल बन्ने विश्वास व्यक्त गरे । उनले देश र विदेशका कलाकारको कला प्रवद्र्धन गर्न यस्ता कार्यक्रम महत्वपूर्ण हुने उल्लेख गर्दै कलाको विकासमा सहकार्य गर्न महानगरपालिका प्रतिबद्ध भएको बताए ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्वप्राज्ञ विश्वकला यात्री नगेन सिंहले नेपालमा कला विकासका लागि ललितकला विकास बोर्डको स्थापना गर्नुपर्ने बताए । कलाकारलाई राष्ट्रका गहना मात्र नभई अभिन्न अङ्गका रुपमा घोषणा गर्नुपर्ने उल्लेख गर्दै उहाँले प्रत्येक सरकारी विद्यालयमा कला शिक्षाका साथै नगर तथा गाउँपालिकामा कला विभाग स्थापना गर्नुपर्ने आवश्यकता भएको बताए ।

 

प्रकाशित मिति : ३० भाद्र २०७९, बिहीबार  १० : ५६ बजे

गौतम बुद्ध विमानस्थल अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा

रुपन्देही- मुलुकको पर्यटन तथा हवाई पूर्वाधार विस्तारका लागि राज्यले धेरै

महाकालीको बाढीले दोधारा चाँदनी जोड्ने झोलुङ्गे पुल बगायो

काठमाडौँ – महाकाली नदीमा आएको बाढीले कञ्चनपुरको भीमदत्त नगरपालिका र

यस्ता छन् क्रिकेट इतिहासका ५ ठूला काण्ड

काठमाडौँ – नेपाली क्रिकेट टोली अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो उपस्थिति बलियो

नारायणीमा ६० वर्षयताकै भीषण बाढी: करोडौँका संरचना बगे, नारायणगढ बजारमै जोखिम

चितवन – नारायणगढ बजारसँगै टाँसिएको नारायणी नदी किनारलाई ‘सिबिच’ (समुद्री

परराष्ट्रमन्त्री स्वदेश फर्कँदै, विमानस्थलमै प्रेस ब्रिफिङ

काठमाडौँ – संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भई परराष्ट्रमन्त्री शिशिर