अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी पोखरामा सुरु « Khabarhub

अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी पोखरामा सुरु


३० भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

पोखरा – नगेन आर्ट एकेडेमीको आयोजनामा र्ईण्डो–नेपाल फ्रेण्डसिप अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी आजदेखि पोखरामा सुरु भएको छ ।

घामपानी मार्केट चिप्लेढुङ्गास्थित एकेडेमीकै हलमा गरिएको प्रदर्शनीमा भारतका सात र नेपालका १९ कलाकारका ३३ कलाकृति राखिएका छन् । प्रदर्शनी आगामी असोज १४ गतेसम्म रहनेछ ।

प्रदर्शनीको एक समारोहबीच उद्घाटन गर्दै पोखरा महानगर प्रमुख धनराज आचार्यले नेपाल भारत बीचको द्विपक्षीय सम्बन्धलाई कलात्मक सम्बन्धका रुपमा विकास गर्न प्रदर्शनी सफल बन्ने विश्वास व्यक्त गरे । उनले देश र विदेशका कलाकारको कला प्रवद्र्धन गर्न यस्ता कार्यक्रम महत्वपूर्ण हुने उल्लेख गर्दै कलाको विकासमा सहकार्य गर्न महानगरपालिका प्रतिबद्ध भएको बताए ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्वप्राज्ञ विश्वकला यात्री नगेन सिंहले नेपालमा कला विकासका लागि ललितकला विकास बोर्डको स्थापना गर्नुपर्ने बताए । कलाकारलाई राष्ट्रका गहना मात्र नभई अभिन्न अङ्गका रुपमा घोषणा गर्नुपर्ने उल्लेख गर्दै उहाँले प्रत्येक सरकारी विद्यालयमा कला शिक्षाका साथै नगर तथा गाउँपालिकामा कला विभाग स्थापना गर्नुपर्ने आवश्यकता भएको बताए ।

 

प्रकाशित मिति : ३० भाद्र २०७९, बिहीबार  १० : ५६ बजे

मेरो लडाइँ जारी छ, विजय हुन बाँकी नै छ : रवि लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो लडाइँ

जेन–जी शहीदका परिवार भेटेपछि भावुक बने रवि

काठमाडौँ – काठमाडौँ आइपुगे लगत्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते

नेकपा (संयुक्त) का प्रदेशस्तरीय बैठक सम्पन्न

काठमाडौं- नेकपा (संयुक्त) को प्रदेशस्तरीय बैठकहरु सम्पन्न भएका छन् ।

आमनिर्वाचन सफल पार्नुपर्छ : उपसभापति वाग्ले

म्याग्दी- राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णीम वाग्लेले देशको राजनीतिक अन्योल