लमजुङमा दसैं लक्षित बजार अनुगमन « Khabarhub

लमजुङमा दसैं लक्षित बजार अनुगमन


३० भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

लमजुङ – लमजुङमा दसैं लक्षित बजार अनुगमन भएको छ । लमजुङ सदरमुकाम वेसीशहरमा घरेलु तथा साना उद्योग कार्यालय लमजुङको अगुवाइमा बजार अनुगमन गरेको हो ।

बेसीशहर ७ स्थित मनाङेचौतारादेखि पुरानो बैंक चोक सम्म रहेको किराना तथा तरकारी पसल, सप्लार्यस कोल्ड स्टोर्स, सुपर मार्ट, इलोक्ट्रोनिक्स गरी १६ वटा पसलहरूमा अनुगमन गरेका घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख मिताकुमारी थापाले बताइन्।

अनुगमनका क्रममा केही किराना पसलहरूमा खाद्य वस्तुहरूमा स्टिकर नराखेको, मूल्यसूचि नराखिएको, किराना पसलमा मदिरा तथा सूर्तिजन्य पदार्थ इजाजत पत्र नलिई बेचबिखन गरेको पाइएको छ ।

अनुगमन टोलीले दर्ता नगरी बिक्रीका राखी राखिएका सुर्ती, चुरोट र मदिरा जफत गरेको छ भने म्याद गुज्रेका सामान समेत जफत गरेको छ । अनुगमन क्रममा व्यापारीहरूलाई मूल्यसूचि अनिवार्य राख्न, समयमै पसल नवीकरण गर्न, फलफूल तरकारी बिक्री गर्ने पसलहरूलाई कारोबार थप गर्न निर्देशन दिइएको घरेलु कार्यालयका प्रमुख थापाले बताइन ।

नियम विपरीत सञ्चालन भएको दुई वटा पसललाई जिल्ला प्रशासन कार्यालयले एकरएक हजार जरिवाना समेत लगाएको छ ।

प्रकाशित मिति : ३० भाद्र २०७९, बिहीबार  ११ : १६ बजे

रेविज सङ्क्रमणबाट पाँचथरमा ३६ पशुचौपाया मरे

पाँचथर – रेबिज रोगको सङ्क्रमणबाट पाँचथरमा ३६ वटा पशुचौपाया मरेका

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गौलाका बिरामीलाई उपचारमा समस्या

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण

हुलाकी सडक कालोपत्र गर्न निकुञ्ज क्षेत्रका एक हजार बढी रूख काट्नुपर्ने

चितवन – भरतपुरबाट माडी हुँदै ठोरीतर्फ जाने सडकमा पर्ने चितवन

सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छ : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसद्मा पुगेपछि सांसदहरूले

रातमा झलमल्ल बालकुमारी–बल्खु सडक (तस्बिरहरू)

काठमाडाैं – काठमाडौंको चक्रपथअन्तर्गत ललितपुर महानगरपालिकामा पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको