नवौँ राष्ट्रिय खेलकुद : पोखरामा १२ खेल सुरु हुँदै « Khabarhub

नवौँ राष्ट्रिय खेलकुद : पोखरामा १२ खेल सुरु हुँदै


२९ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

कास्की – नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको बृह्त उद्घाटनको भोलिपल्ट आजदेखि पोखरामा थप विभिन्न १२ खेल सुरु हुँदैछन्। असोज २३ देखि केही खेल सुरु भएकामा अधिकांश खेल उद्घाटनपछि सुरु हुने खेलतालिका छ। पोखरासहित प्रदेशका अन्य जिल्लामा पनि केही खेल यसअघि नै सुरु भएका छन्।

पोखरा रङ्गशालामा एथलेटिक्स, ब्याडमिन्टन कोर्टमा ब्याडमिन्टन, स्क्वास, उसु, आर्चरी मैदानमा आर्चरी, सफ्टटेनिस रङ्गशालाको टेनिसकोर्ट र पोखरा सभागृहमा शारीरिक सुगठनको खेल हुने खेलस्थल व्यवस्थापन उपसमितिका संयोजक राजेश गुरुङले बताए।

यसैगरी पोखराको फिस्टेल एकेडेमीमा पौडी, कोल्माबहाकोट समाजघरमा टेबलटेनिस, पोखरा उद्योग बाणिज्य सङ्घको हलमा भारत्तोलन, प्याराग्लाइडिङ पोखराको सराङकोट र महिला पुरुष रग्वी लेखनाथमा सञ्चालन हुँदैछ। राष्ट्रिय खेलकुदका ३६ खेलमध्ये पुरुष क्रिकेट, क्रिकेट महिला, फुटबल महिला तथा पुरुष, भलिबल महिला, महिला तथा पुरुष ह्याण्डबल, फेन्सिङ, फुल कन्ट्याक्ट कराते, बुद्धिचाल, महिला तथा पुरुष हक्की, गल्फ, टेनिसलगायत खेल यसअघि नै सुरु भएका छन्। फेन्सिङ खेलको सबै विधाका प्रतिस्पर्धा सकिएर नेपाली सेनाको टोली पाँच स्वर्ण पदकसहित च्याम्पियन बनेको छ।

हालसम्मको पदक तालिकामा विभागी नेपाली सेनाले अग्रता बनाएको छ। सेना पाँच स्वर्ण, छ रजत र सात कास्य पदकसहित शीर्षस्थानमा रहँदा बागमती प्रदेशले चार स्वर्ण, तीन रजत र एक कास्य गरी आठ पदक जितेर सेनालाई पछ्याइरहेको छ। सशस्त्र प्रहरीको एपिएफले दुई स्वर्ण चार रजत र सात कास्य जितेको छ।

सुदूरपश्चिम प्रदेश एक स्वर्ण र तीन कास्य, नेपाल प्रहरी एक स्वर्ण र एक कास्य, गण्डकी प्रदेश चार कास्य, प्रदेश नं १ तीन कास्य जित्दा कर्णाली, लुम्बिनी, मधेस प्रदेश र एनआरएनले पदकको खाता खोल्न सकेका छैनन्। गण्डकी प्रदेशका हिमाली जिल्ला मनाङ, मुस्ताङ र लमजुङबाहेकका अन्य आठ जिल्लामा राष्ट्रिय खेलकुदअन्तर्गतका खेल सञ्चालन गरिएको हो।

खेलकुदको कुम्भमेला राष्ट्रिय खेलुदको अपनत्व सबै प्रदेशवासीलाई गराउने उद्देश्यसहित सबै जिल्लामा कम्तीमा एक खेल खेलाउने योजना रहे पनि मौसम, पूर्वाधारलगायत कारणले तीन जिल्लामा सम्भव नभएको पश्चिमाञ्चल क्षेत्रीय खेलुकद विकास समितिका कार्यालय प्रमुख लक्ष्मण योगीले जानकारी दिए। राष्ट्रिय खेलकुदमा ३६ खेल र दुई प्रदर्शनी गरी ३८ खेल समावेश गरिएको छ। प्रतियोगितामा सात प्रदेश, तीन विभागीय र एनआएरएन गरी ११ टोली सहभागी छन्। प्रतियोगितामा छ हजार एक सय ५७ खेलाडीले पदकका लागि प्रतिस्पर्धा गर्नेछन्।

नेपालमा विसं २०३८ देखि राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्न लागिएको हो। प्रत्येक दुई–दुई वर्षमा राष्ट्रिय खेलकुद हुने भए पनि राजनीतिक तथा विभिन्न कारणले सोअनुसार हुनसकेको छैन‍।

प्रकाशित मिति : २९ आश्विन २०७९, शनिबार  १० : ३० बजे

कांग्रेस दोलखाको पालिका अधिवेशन : आठ स्थानीय तहमा नेतृत्व चयन, मेलुङमा बाँकी

दोलखा- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोलखाका नौ स्थानीय तहमध्ये आठवटामा पालिका

स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार

बाँके– मानव–वन्यजन्तु द्वन्द्व सृजना गर्ने सात ‘समस्याग्रस्त’ बाघको उद्धार गरिएको

इमरानका छोराद्वारा ‘प्रतिआक्रमण’को चेतावनी

इस्लामावाद- पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानका छोरा कासिम खानले पाकिस्तान तहरीक–ए–इन्साफ (पिटिआई)

प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

काठमाडौं- नेपाल प्रज्ञा प्रतिष्ठानले आजदेखि आयोजना गरेको बृहत् पुस्तक प्रदर्शनीमा