राजमार्ग अवरुद्ध, हवाई टिकट पाउन मुस्किल हुँदा पैदलयात्रा गर्न बाध्य | Khabarhub Khabarhub

राजमार्ग अवरुद्ध, हवाई टिकट पाउन मुस्किल हुँदा पैदलयात्रा गर्न बाध्य


२९ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– कालीकोटको पचालझरना गाउँपालिका-४ बाट चक्र रोकाया कर्णाली प्रदेश लोकसेवा आयोगले लिएको कृषि प्राविधिकतर्फको परीक्षा दिनका लागि  सुर्खेतसम्म पुग्न गाडी पर्खिंदा पनि पाएनन् । 

एकातिर आफ्नो परीक्षा छुट्ने चिन्ता अर्कोतिर बाटोमा अलपत्र परिने होकी भन्ने चिन्ताले  उहाँ दुई दिनको पैदलयात्रा गरेर कालीकोट र दैलेखको सिमानासम्म आइपुगेपछि मात्र फेरी एक दिन गाडी चढेर सुर्खेत आइपुगे । गत हप्ताको अविरल वर्षाका कारण कर्णाली राजमार्गको धेरै ठाउँमा पहिरो खसेर सडक अवरुद्ध हुँदा रोकायजस्तै हजारौँ यात्रुले यस्तै सास्ती बेहोर्नुपरेको छ । 

दसैँ मनाउन घरमा पुगेका हिमाली जिल्लाका व्यक्ति आफ्नो पढाइ र कर्मथलोमा फर्किन थाले पनि कर्णालीको हिमाली जिल्लालाई जोड्ने एकमात्र कर्णाली राजमार्ग नखुल्दा केही व्यक्ति अझैसम्म घरबाट हिँड्न सकेका छैनन् भने केही व्यक्तिबीच बाटोमै अलपत्र छन् । 

रोकायले भने, ‘म तीन दिनको यात्रापछि सुर्खेत आइपुगे, मजस्ता हजारौँ यात्रुले सडक नखुल्दा हैरानी बेहोर्नुपरेको छ, केही व्यक्ति बाटोमै अलपत्र छन् भने केही  जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।’अहिले कर्णाली राजमार्गको कालीकोट खण्डमा मात्रै ७३ ठाउँमा पहिरो गएकाले सवारीसाधन बीच बाटोमै अलपत्र छन् । कतिपय यात्रु लामो दूरीमा पैदलयात्रा गर्न बाध्य छन् ।

कर्णाली राजमार्गको जुम्ला खण्डमा मात्रै १३ वटा सवारीसाधन बीचैमा अलपत्र परेका छन् । जुम्लाको तिला गाउँपालिकाका टङ्क न्यौपाने पनि यस्तै अवस्थामा छन् । सडक अवरुद्ध बन्दा उनी आफ्नो कर्मथलो आउन सकेका छैनन् । हिमाली भेगका  नागरिकलाई हरेक साल यस्तै दुःख हुन्छ। उनले भने, ‘दसैँ तिहार र घर पुग्दा खुसी लिएर जानुपर्ने मान्छे, चिन्ता बोकेर जानुपर्छ, भौगोलिकरूपमा ठगिएका कर्णालीका नागरिक सधैँ जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यतामा छन् ।’

कर्णाली राजमार्गअन्तर्गत जुम्ला–कालीकोट सडकखण्डको पहिरो हटाउने प्रयास जारी रहेको स्थानीय प्रशासनले जनाएको छ  । जुम्ला-कालीकोट खण्ड छिटो खुलाउन सम्बन्धित पालिका र सुरक्षा निकाय जुटेका छन्,  जुम्लाका प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले भने । धेरै ठाउँमा एक्साभेटर प्रयोग गरिएको छ । केही ठाउँमा ढुङ्गा फुटाउन ’ब्लास्टिङ’ गर्नुपर्ने भएकाले  नेपाली सेनालाई खटाइएको छ । स्थानीय प्रशासनका अनुसार बाटो खुलाउन अझै तीन दिनसम्म लाग्न सक्छ । 

कर्णाली राजमार्ग पहिरोले जोखिमपूर्ण भएपछि त्यहाँका नागरिक अहिले महँगो भाडा तिरेर हवाई मार्गमार्फत यात्रा गर्न बाध्य छन् । जहाजको यात्रा गर्न टिकट पाउन पनि मुस्किल छ । टिकटमा मनोमानी छ, जुम्लाका तपेन्द्र भट्टराईले भने, ‘विमानस्थलमा सर्वसाधारण यात्रुले सहजै टिकट पाउने अवस्था छैन, पहुँचको भरमा टिकट वितरण हुन्छ । गाडीबाट यात्रा गर्ने सम्भावना पनि छैन, आफ्नो पढाइ र कर्मथलोको लागि सुर्खेत, नेपालगञ्जलगायत ठाउँमा जान पनि  विमानस्थलमा यात्रुको खचाखच छ ।’ महँगो भाडा भए  पनि टिकट नै नपाउँदा समस्या भएको उनले बताए । कर्णाली राजमार्ग अवरोध भएपछि विमानस्थलमा झनै चाप बढेको स्थानीयवासी बताउँछन् । 

जुम्लास्थित नागरिक उड्डयन प्राधिकरण कार्यालयका प्रमुख सन्तोष अधिकारीका अनुसार जुम्लादेखि नेपालगन्ज दैनिक दुईदेखि तीन वटा उडान हुँदै आएको छ । जुम्लामा तारा, गोमा, सीता एयरले उडान भर्दै आएका छन् । ‘बिरामी र लोकसेवाको परीक्षा दिने विद्यार्थीलाई प्राथमिकता दिएर टिकट दिइरहेका छौँ ‘। उनले भने, ‘पर्याप्त जहाज नहुँदा हामीलाई पनि समस्या छ ।’ 

जिल्ला प्रशासन कार्यालयले भने हवाई उडान कम हुँदा समस्या रहेको जनाएको  छ । त्यहाँका प्रमुख जिल्ला अधिकारी केशरी दसैँ र तिहारले गर्दा पनि पहिलेको तुलनामा विमानस्थलमा दैनिक भीडभाड भएकाले बढीभन्दा बढी हवाई उडान गराउन समन्वय भइरहेको बताए ।

‘गत हप्ताको अविरल वर्षाले एक मात्र कर्णाली राज छौँ उनले भने।’ मुगुस्थित नागरिक उड्डयन प्राधिकरण कार्यालयका प्रमुख सन्तोष गौतम पनि एयरलाइन्स कम्पनी नै बढी नहुँदा समस्या भएको बताउँछन् ।

यस्तै सुर्खेतस्थित नागरिक उड्डयन प्राधिकरणले पनि यसै आर्थिक वर्षदेखि हुम्ला सिमकोटको लागि मात्रै उडान भर्दै आएकाले  यात्रुले नेपालगन्जनै  पुग्नुपर्ने  अवस्था छ । कर्णालीका अन्य जिल्लामा उडान पछिल्ला केही समय सुर्खेतबाट शून्य रहेको उक्त कार्यालयका  निमित्त प्रमुख प्रतिष्ठा आचार्यले जानकारी दिए। जहाज पूर्वतिर केन्द्रित छन्, ‘सुर्खेत विमानस्थलबाट हिमाली जिल्लामा जहाज उडान करिब शून्य जस्तै छ ।’

बाढीपहिरोले प्रदेशभरि करिब एक हजार परिवार विस्थापित हुन पुगेका छन् । प्रहरीको तथ्याङ्कअनुसार नौ सय ९९ परिवारका सात हजार सात सय ६८ जना विस्थापित भएका हुन् । तीमध्ये सात सय ७६ घर पूर्णरुपमा क्षति भएको छ भने एक हजार एक सय ६३ घरमा आशिंक क्षति भएको छ । त्यसैगरी चार सय ४० घर उच्च जोखिममा रहेका र बाढीपहिरोमा परी ३६ जनाको मृत्यु २८ जना घाइते भएका र २० जना अझै बेपत्ता रहेको प्रहरीले जनाएको छ । सबैभन्दा ठूलो क्षति कालीकोटमा भएको छ । 

प्रतिकूल मौसमका कारण राहत सामग्री पीडित परिवारलाई उपलब्ध गराउन कठिन भएको छ । बाढीपहिरोबाट पीडित परिवारलाई कर्णाली प्रदेश सरकारले हेलिकप्टरबाट राहत वितरण गरिरहे पनि सबै परिवारलाई राहत दिन कठिन  भएको कर्णाली प्रदेश सरकारले जनाएको छ । विस्थापित परिवारका लागि दिने भनिएको राहत सामग्री सुर्खेतमा रहेको र सडक सञ्चालनमा आउने बित्तिकै वितरणमा तीव्रता दिइने सरकारको प्रतिक्रिया छ । 

 

प्रकाशित मिति : २९ आश्विन २०७९, शनिबार  १ : ४३ बजे

टी २० विश्वकप : वेस्ट इन्डिजको सुखद सुरूवात, पीएनजी पाँच विकेटले पराजित

काठमाडौं – आईसीसी टी–२० विश्वकप २०२४ मा वेस्ट इन्डिजले विजयी

सर्वोच्चले जोशीविरुद्धको फैसलाको निर्णय साउन १३ गते सुनाउने

काठमाडौं – सर्वोच्च अदालतले पूर्वमन्त्री गोविन्दराज जोशीविरुद्धको मुद्दामा आगामी साउन

विश्वकपमा उच्च मनोबलका साथ विजयको ताज पहिरिने प्रयास हुनेछ : रोहित पौडेल

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले आईसीसी

श्रीलङ्कामा ७१ उच्च जोखिमयुक्त डेङ्गु क्षेत्र घोषणा

कोलम्बो – श्रीलङ्काको राष्ट्रिय डेङ्गु नियन्त्रण एकाइ (एनडिसियु) ले आइतबार

टी २० विश्वकप : पीएनजीले वेस्ट इन्डिजलाई दियो एक सय ३७ रनको लक्ष्य

गुयाना । आईसीसी टी–२० विश्वकपको दोस्रो खेलमा पपुवा न्युगिनी (पीएनजी)ले