वातावरणमैत्री निर्माण सामग्रीको प्रयोगमा जोड « Khabarhub

वातावरणमैत्री निर्माण सामग्रीको प्रयोगमा जोड


२९ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्राकृतिक विनाश गरेर उत्पादित निर्माण सामाग्री भन्दा प्रकृतिको संरक्षण गरी बनेका निर्माण सामाग्रीको प्रयोगमा जोड दिइएको छ । नेपाल इको प्यानलका प्रमुख कार्यकारी अधिकृत ९सिइओ० इन्जिनियर कृष्णभक्त दुवालले पछिल्लो समय आधुनिक निर्माण सामग्रीको रूपमा विकास भएको इको प्यानलको प्रयोगमा जोड दिएका हुन् ।

भक्तपुरको ख्व्प कलेजमा वातावरण विज्ञान विषयका प्राध्यापकसमेत रहेका इन्जिनियर दुवालले प्राकृतिक विनाश हुँदै गएकोमा चिन्ता व्यक्त गरे । यही कारण प्रकृतिलाई जीवन्त बनाइराख्न सबैले आआफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्ने उनको जोड थियो ।

भौतिक संरचनाको निर्माणमा प्रयोग हुने परम्परागत निर्माण सामाग्रीहरू जस्तै इँटा, बालुवा, झ्यालढोकालगायतका निर्माण सामग्री प्रकृतिको दोहनबाटै बन्ने गरेको उनले बताए । माटोबाट इँटा, खानीबाट बालुवा अनि रुखविरुवा काटेर बनेका काठबाट झ्यालढोका बन्ने भएकाले वातावरण विनाश नगरी बनेका निर्माण सामाग्रीहरूको उपभोग गर्नुपर्नेमा उनको जोड थियो ।

‘हिजाआज यी निर्माण सामाग्रीको विकल्पका रूपमा विभिन्न आधुनिक निर्माण सामग्री पनि बजारमा आइरहेका छन् । यीमध्ये इको प्यानल पनि एक होु, नेपाल इको प्यानलका सिइओसमेत रहेको इन्जिनियर दुवाल भन्छन्,’ जे भए पनि प्राकृतिक विनाशलाई रोक्नमा सबैले सहयोग गरौं भन्ने लाग्छ ।
इको प्यानल स्थायी वा अस्थायी संरचनामा भित्री तथा बाहिरी पार्टेशन वालको रूपमा प्रयोग हुने आधुनिक निर्माण सामाग्री हो ।ु

इको प्यानल भूकम्प प्रतिरोधी मात्रै नभई वातावरणमैत्री पनि रहेकोले यसको प्रयोगबारे जनचेतना फैलाउनुपर्नेमा उनको जोड थियो ।

प्रकाशित मिति : २९ आश्विन २०७९, शनिबार  ८ : ३४ बजे

मुलुकलाई ‘ग्रे लिस्ट’बाट हटाउन सबैको प्रयास आवश्यक : महालेखापरीक्षक

काठमाडौँ– महालेखापरीक्षक तोयम रायाले नेपाललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी ‘ग्रे लिस्ट’बाट हटाउन

मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह

काठमाडौँ– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुन अवधिभर

मानव–वन्यजन्तु द्वन्द्वको अन्तरिम प्रतिवेदन कृषिमन्त्रीलाई बुझाइयो

काठमाडौँ-  कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीलाई मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनसम्बन्धी

नेकपाका संस्थापक महासचिव पुष्पलालको ४८औँ स्मृति दिवस मनाइँदै

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४८औँ

अमेरिकामा ६ दशक पुरानो नियम खारेज गर्ने तयारी: अब कार्यस्थलमा जातीय र लैङ्गिक विवरण नराखिने

काठमाडौँ – अमेरिकाको रोजगार समान अवसर आयोग (इईओसी) मा रिपब्लिकन