विश्वव्यापी भोकमरीको सूचीमा भारत १०७ औं स्थानमा | Khabarhub Khabarhub

विश्वव्यापी भोकमरीको सूचीमा भारत १०७ औं स्थानमा


२९ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – विश्व भोकमरी सूचकाङ्क (जीएचआई) २०२२ मा भारत विश्वका १२० देश र क्षेत्रमध्ये १०७ औँ स्थानमा झरेको छ । गत वर्षको १०१ औँ स्थानबाट तल झरेर भारत एशियाली मुलुकहरू श्रीलङ्का, म्यानमार, नेपाल, बङ्गलादेश र पाकिस्तानभन्दा पनि पछि परेको हो ।

जिएचआई अनुसार श्रीलङ्का (६४), म्यानमार (७१), नेपाल (८१), बङ्गलादेश (८४) र पाकिस्तान (९९) स्थानमा रहेका छन् । नयाँ तथ्याङ्कमा यस वर्ष १४ देश वा क्षेत्रले मात्र भारतभन्दा खराब प्रदर्शन गरेका छन् । कन्सर्न वर्ल्ड वाइड आइरिस सहायता एजेन्सी र वेल्टहंगरहिल्फ नामक जर्मन संस्थाले संयुक्त रूपमा उक्त प्रतिवेदन हालै सार्वजनिक गरेका हुन् ।

भारतको जीएचआई अङ्कमा पनि सन् २०२० मा सुधार भई ३८.८ बाट सन् २०१४ देखि २०२२ को औषत २९ अङ्कको दायरामा पुगेको छ । अल्पपोषण, बाल बर्बादी, बाल पुड्कोपन र पाँच वर्ष भन्दा कम उमेरका बच्चाहरूको मृत्यु दर गरी जीएचआई स्कोर चार सूचकहरूमा गणना गरिन्छ ।

प्रकाशित मिति : २९ आश्विन २०७९, शनिबार  १० : २६ बजे

‘जिगर’ मा आलियाको एक्सन भूमिका

काठमाडौं – कोरोनापछि बलिउडमा एक्सन फिल्मले राम्रो ब्यवसाय गरेको छ

झापा र वीरगञ्जबीचको खेल बराबरीमा सकियो

काठमाडौैं – नेपाल सुपर लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको झापा

सरकारले जनचाहनाअनुसार काम गरिरहेको छ : प्रधानमन्त्री

धनगढी – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू

दिनभर एनसेलको सेयर खरिदबिक्री प्रकरण : संसदीय समितिले प्रधानमन्त्री प्रचण्डलाई

नेपाल उद्योग परिसङ्घले ‘स्टार्टअप फेस्ट’ गर्ने

काठमाडौं – नेपाल उद्योग परिसङ्घ अन्तरगतको युवा उद्यमी मञ्चले आगामी