चुनावपछि प्रधानमन्त्री बन्ने देउवा कि प्रचण्ड ? « Khabarhub

चुनावपछि प्रधानमन्त्री बन्ने देउवा कि प्रचण्ड ?

प्रधानमन्त्रीमै भागबण्डा नमिलेर फेरि सत्ता गठबन्धन फुट्ने चिन्ता


२९ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : देश चुनावमय भएका बेला शीर्ष नेताहरूलाई भने चुनावपछिको प्रधानमन्त्री को हुने भन्ने चिन्ता छ । खासगरि सत्ता गठबन्धनका शीर्ष नेता प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्रीकै चिन्ता छ ।

देउवा र प्रचण्डलाई मध्यस्थतता गरेर माधव नेपालको पनि प्रधानमन्त्री बन्ने सम्भावना उत्तिकै छ । नेपाली राजनीतिमा सबैभन्दा ठूलो भागबन्डा सरकार चलाउने वा प्रधानमन्त्री बन्नेमा हुन्छ । पहिलो संविधानसभाको चुनाव २०६४ यता मात्रै नेपाली राजनीतिमा सबैभन्दा ठूलो घटना परिघटना निम्तिएका प्रधानमन्त्री को बन्ने भन्ने लडाइले हो ।

यसपटक पनि संसदीय चुनावपछि प्रधानमन्त्री को बन्ने भन्ने लडाइ पेचिलो हुने चिन्ता छ । खासगरी सत्ता गठबन्धनमा रहेका चिन्तनशील नेताहरुमा प्रधानमन्त्रीको लडाइ र आम नेपालीको आशा तथा भरोसाबीच ठूलो खाडल रहेकोले चुनावपछिको पाँच वर्षको राजनीतिक ट्रयाक सही बाटोमा हिँड्छ कि हिँड्दैन भन्ने अर्को चुनौति छ ।

कांग्रेस महामन्त्री तथा युवा नेता गगन थापाले पनि प्रधानमन्त्री दाबी गरिरहेकाले उनीतिर धेरै नेपालीको आश र भरोसा सोझिएको छ । खासगरि युवा अर्थशास्त्रीहरूले नै देशको अर्थतन्त्र निकै डरलाग्दो अवस्थामा पुगिसकेकाले त्यसलाई उद्धार गर्नका लागि युवा तथा भिजिनरी नेता नै प्रधानमन्त्री बन्नुपर्ने तर्क अगाडि सारिरहेका छन् ।

यस्तो अवस्थामा भावी प्रधानमन्त्री को बन्ने भन्ने चिन्तामा देउवा र प्रचण्ड छ । नेपाली राजनीतिको परिपाटी हेर्दा र आगामी दिनमा संसदीय राजनीतिमा अभ्यस्त नेताको चरित्र हेर्दा प्रधानमन्त्रीकै भागबण्डा पेचिलो हुने सम्भावना छ ।

विगतका दिनमा पनि वाम गठबन्धन हुँदा प्रधानमन्त्रीका लागि केपी ओली र प्रचण्डको लडाइ चर्को भएको थियो । सुरुमा ओली प्रधानमन्त्री बन्ने र पछि प्रचण्ड प्रधानमन्त्री बन्ने सहमति भएको थियो । तर त्यो लिखित सहमति कार्यान्वयन गर्न ओली पछाडि हटेपछि नेकपाभित्रको आन्तरिक संघर्ष उत्कर्षमा फुटेर पार्टी फुटेको थियो ।

अनि त्यही झोकमा प्रधानमन्त्री पद टिकाउन ओलीले संसद् विघटन गरेका थिए । दुई पटक ओलीले संसद् विघटन गर्दा नेपाली राजनीति कुरूप बनेको थियो । त्यो कुरूप राजनीतिक श्रृङ्खला यतिबेला फेरि दोहोरिएला भन्ने चिन्ता छ ।

किनकी प्रचण्ड नेपाली राजनीतिका महत्वाकांक्षी नेता मानिन्छन् । जसले आफ्नो स्वार्थपूर्तिका लागि पार्टी, राजनीतिक प्रवृत्ति र पार्टीको सिद्धान्त नै कुल्चिएका छन् । प्रचण्डको महत्वाकांक्षी व्यवहारले गर्दा ओली अहिले प्रतिपक्षमा भएपनि उनको अनुभव गज्जब नै छ ।

एमसीसी पास गर्दा होस् वा कुनै नयाँ राजनीतिक लडाइ गर्न पनि प्रचण्ड आफ्नो छुट्टै पोजिसन खोज्ने नेता हुन् । यसले चुनावपछि उनले कांग्रेससँग गर्ने बार्गेनिङ सानो हुने छैन । यसले गर्दा चुनावपछिको केही राजनीतिक दृश्य फेरि विगत पाँच वर्षअघि जस्तै हुनेछ । यदि प्रधानमन्त्रीको लडाई सहज रुपमा टुंगिन सकेन भने सत्ता गठबन्धन भत्किएर एमालेसँग पनि शीर्ष नेताहरूको मोर्चाबन्दी बन्न सक्छ ।

विगतमा पनि माओवादी पार्टी पहिलो हुँदा प्रधानमन्त्रीमै भागबण्डा नभएर चुनाव हारेका माधव नेपाल लामो समय प्रधानमन्त्री बन्नु परेको थियो । त्यसैले नेपाली राजनीतिका शीर्ष नेताहरुमा प्रधानमन्त्री भागबण्डा जति पेचिलो छ, त्यति नै नेपाली राजनीतिक कुरूप बन्ने चिन्ता छ ।

प्रकाशित मिति : २९ कार्तिक २०७९, मंगलबार  ११ : ०२ बजे

राप्रपा अध्यक्ष लिङ्देनद्वारा ९५औँ पटक रक्तदान

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले ९५औँ

नेप्से ५.४५ अङ्कले घट्यो, कारोबार कति ?

काठमाडौं– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज  सामान्य  अङ्कले 

विपद् प्रतिकार्यमा छोटो ‘चेन अफ कमाण्ड’ हुनुपर्छ : प्रधानसेनापति सिग्देल

काठमाडौँ– प्रधानसेनापति अशोकराज सिग्देलले भोटेकोशी र बूढीगण्डकी करिडोरमा भएको विपद् प्रतिकार्यको

विश्वको सर्वोच्च शिखर सूचीमा नेपालका थप छ हिमाल समेट्न प्रस्ताव

काठमाडाैँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्ग राज पौडेल

सर्वोच्चको पूर्ण बैठकमा समसामयिक विषयमा छलफल

काठमाडौं– सर्वोच्च अदालतको पूर्ण बैठक (फूलकोर्ट) मा न्यायालयमामाथि पछिल्ला दिनमा