खोटाङका नौ स्थानीय तहमा नमुना मतदान | Khabarhub Khabarhub

खोटाङका नौ स्थानीय तहमा नमुना मतदान


२९ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

खोटाङ– जिल्ला निर्वाचन कार्यालय खोटाङले नौ स्थानीय तहमा नमुना मतदानको आयोजना गरेको छ । १० स्थानीय तहमध्ये मंगलबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१ दिक्तेलको माटिकोरे खेलमैदानमा नवौँ नमुना मतदान गरिएको हो । मतदाता शिक्षा प्रभावकारी बनाउने र मत बदर हुनबाट जोगाउने योजनाअन्तर्गत निर्वाचन कार्यालयले २० कात्तिकदेखि स्थानीय तहका केन्द्रमा नमूना मतदान सञ्चालन गर्दै आएको छ । 

मतदातालाई सु-सूचित गर्ने, मतदाता शिक्षा विस्तार गर्ने, मतदानका क्रममा आइ पर्ने समस्या तथा चुनौतीको उचित विधिबाट हल गर्ने अभ्यासका रुपमा नमुना मतदान आयोजना गरिएको जिल्ला निर्वाचन अधिकारी राजेश गौतमले बताए । हालसम्म बराहपोखरी गाउँपालिका, जन्तेढुंगा गाउँपालिका, खोटेहाङ गाउँपालिका, साकेला गाउँपालिका, रावाबेँसी गाउँपालिका, केपिलासगढी गाउँपालिका र ऐसेलुखर्क गाउँपालिकामा नमुना मतदान भइसकेको छ । बाँकी रहेको हलेसी तुवाचुङ नगरपालिकामा बिहीबार नमुना मतदान गरिने जिल्ला निर्वाचन अधिकारी गौतमले बताए । 

जिल्ला निर्वाचन कार्यालयले महिला स्वास्थ्य स्वयंसेविकामार्फत मतदाता शिक्षा सञ्चालन गरिरहेको जनाएको छ । तर, नमुना मतदानका क्रममा देखिएको बदर मतको संख्याले मतदाता शिक्षाको आवश्यकता खड्किएको देखाएको छ । नमुना मतदान कै क्रममा एकभन्दा बढी चुनाव चिन्हमा मत संकेत गर्ने, दुई वा दुईभन्दा बढी चुनाव चिन्हकोबीचमा मत संकेत गर्ने, औंठा छाप लगाउने, चुनाव चिन्हको घेराभन्दा बाहिर मत संकेत गर्ने गरेको पाइएको गौतमले बताए । ‘सदरमुकाम क्षेत्रमाभन्दा अलि टाढा-टाढाका गाउँमा मत बदर बढी देखियो । 

तर, मतदान गर्न सिक्नुपर्छ भनेर चासो राख्ने धेरै देखियो,’ गौतमले भने, ‘स्थानीय तहमा सात वटा चुनाव चिन्हमा मत संकेत गर्ने व्यवस्था थियो, त्यही सम्झिएर हुनसक्छ अहिले पनि बढी चिन्हमा मत संकेत गरेको पाइएको छ ।’ आसन्न निर्वाचनका लागि खोटाङमा १३६ मतदान स्थल, १९४ मतदान केन्द्र र दुई वटा अस्थायी मतदान केन्द्र तोकिएका छन् । मंगलबारदेखि निर्वाचन सामग्रीसहितका कर्मचारी मतदान केन्द्र पठाउन सुरु गरिएको छ । 

यस निर्वाचनमा जिल्लाका एक लाख ४२ हजार ७९२ मतदाताले मताधिकार उपयोग गर्ने निर्वाचन कार्यालयले जनाएको छ । निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गराउन आवश्यक सुरक्षा व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाइले बताए । 

प्रकाशित मिति : २९ कार्तिक २०७९, मंगलबार  ४ : ४७ बजे

हेटौँडा औद्योगिक क्षेत्रमा १२७ उद्योग सञ्चालनमा

मकवानपुर– मकवानपुरको हेटौँडा औद्योगिक क्षेत्रमा हाल दैनिक १२७ वटा विभिन्न

चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी

नवलपरासी– चितवन राष्ट्रिय निकुञ्जमा ७२ हजार पर्यटकले भ्रमण गर्दा १०

एउटै गाउँबाट डेढ करोडको सुन्तला बिक्री

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेका प्रेम पाइजाले यस वर्ष सात

कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख

नवलपरासी– सडक पूर्वाधार नबन्दा कुनै बेला विकट मानिने सर्दी कालोपत्र

कास्कीको हरिचोक–याम्दी सडक स्तरोन्नतिको काम तीव्र गतिमा हुँदै

गण्डकी– राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत कास्कीको हरिचोक–याम्दी खण्डको स्तरोन्नतिको