‘हौसिएका’ राजेन्द्र लिङ्देन | Khabarhub Khabarhub

‘हौसिएका’ राजेन्द्र लिङ्देन


२९ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

झापा– आसन्न निर्वाचनको मिति नजिकिँदै जाँदा झापा क्षेत्र नम्बर-३ का उम्मेदवार तथा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन केही दिनयता भइरहेका राजनीतिक गतिविधिले हौसिएका छन् । नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौलासँग प्रतिस्पर्धा गरिरहेका लिङ्देन केही दिनयता भइरहेका राप्रपा प्रवेशको लहरले हौसिएका हुन् । सिटौलालाई सत्तारुढ गठबन्धनको सहयोग छ भने लिङ्देनलाई एमालेको । 

तर, सिटौलालाई सहयोग गर्न दल नेकपा माओवादी केन्द्रका करिब १५० ले सोमबार पार्टी परित्याग गरेका र दैनिकजसो राप्रपा प्रवेशको लहरले उनलाई जितका लागि सहजता दिएको आभास भइरहेको छ । ‘सोमबार करिब १५० जना माओवादीका नेताले पार्टी परित्याग गरेका छन् । यसले गठबन्धन उम्मेदवारको मत काट्ने निश्चित छ,’ राप्रपा प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठ भन्छन्, ‘दैनिकजसो राप्रपा प्रवेशले पनि हाम्रो उम्मेदवार अध्यक्षज्यू निर्वाचन हुनेमा शंका छैन ।’ 

पार्टी परित्याग र प्रवेशले मात्र होइन लिङ्देनले यसअघि गरेको काम र जनताको समस्या सम्बोधनले पनि उनलाई मत दिन जनतालाई गाह्रो नहुने प्रवक्ता श्रेष्ठको भनाइ छ । ‘भ्रष्टाचार गर्नु आमाको रगत खानु सरह हुने’ बताउँदै आएका लिङ्देनले भ्रष्टाचारविरुद्ध सुशासन कायममा जोड दिँदै आएका छन् । 

साथै लामो समयदेखि झापामा देखिएको डुबान र हात्ती आतंक नियन्त्रणमा लिङ्देनले उल्लेख्य काम गरेको बताएका प्रवक्ता श्रेष्ठले झापाली जनताको समस्या सम्बोधनलाई सधैँ प्राथमिकतामा राख्ने गरेकाले अहिले जनताले साथ दिइरहेको बताए ।

प्रकाशित मिति : २९ कार्तिक २०७९, मंगलबार  ५ : ३५ बजे

बझाङमा दमनलाई पछ्याउँदै अभिषेक, मतान्तर घट्यो

काठमाडौं । बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

चुलाचुली १ मा डेकेन्द्रलाई एक हजार ३१ मत, सुहाङको अग्रता कायमै

इलाम – इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका र

हैदरावादविरुद्ध चेन्नई सुपर किंग्सको उत्कृष्ट जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदरावादविरुद्ध चेन्नई

बझाङमा एमालेको अग्रता कायमै, मतान्तर घटाउँदै कांग्रेस

बझाङ – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

इलाम–२ मा सुहाङले कटाए ४ हजार मत, चुलाचुलीको गणना सुरु

इलाम – इलाम २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी