‘हौसिएका’ राजेन्द्र लिङ्देन « Khabarhub

‘हौसिएका’ राजेन्द्र लिङ्देन


२९ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

झापा– आसन्न निर्वाचनको मिति नजिकिँदै जाँदा झापा क्षेत्र नम्बर-३ का उम्मेदवार तथा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन केही दिनयता भइरहेका राजनीतिक गतिविधिले हौसिएका छन् । नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौलासँग प्रतिस्पर्धा गरिरहेका लिङ्देन केही दिनयता भइरहेका राप्रपा प्रवेशको लहरले हौसिएका हुन् । सिटौलालाई सत्तारुढ गठबन्धनको सहयोग छ भने लिङ्देनलाई एमालेको । 

तर, सिटौलालाई सहयोग गर्न दल नेकपा माओवादी केन्द्रका करिब १५० ले सोमबार पार्टी परित्याग गरेका र दैनिकजसो राप्रपा प्रवेशको लहरले उनलाई जितका लागि सहजता दिएको आभास भइरहेको छ । ‘सोमबार करिब १५० जना माओवादीका नेताले पार्टी परित्याग गरेका छन् । यसले गठबन्धन उम्मेदवारको मत काट्ने निश्चित छ,’ राप्रपा प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठ भन्छन्, ‘दैनिकजसो राप्रपा प्रवेशले पनि हाम्रो उम्मेदवार अध्यक्षज्यू निर्वाचन हुनेमा शंका छैन ।’ 

पार्टी परित्याग र प्रवेशले मात्र होइन लिङ्देनले यसअघि गरेको काम र जनताको समस्या सम्बोधनले पनि उनलाई मत दिन जनतालाई गाह्रो नहुने प्रवक्ता श्रेष्ठको भनाइ छ । ‘भ्रष्टाचार गर्नु आमाको रगत खानु सरह हुने’ बताउँदै आएका लिङ्देनले भ्रष्टाचारविरुद्ध सुशासन कायममा जोड दिँदै आएका छन् । 

साथै लामो समयदेखि झापामा देखिएको डुबान र हात्ती आतंक नियन्त्रणमा लिङ्देनले उल्लेख्य काम गरेको बताएका प्रवक्ता श्रेष्ठले झापाली जनताको समस्या सम्बोधनलाई सधैँ प्राथमिकतामा राख्ने गरेकाले अहिले जनताले साथ दिइरहेको बताए ।

प्रकाशित मिति : २९ कार्तिक २०७९, मंगलबार  ५ : ३५ बजे

बालेनलाई मोदीको फोन, ‘नेपाललाई सबै प्रकारको मानवीय सहायता उपलब्ध गराउन तयार छौँ’

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री वालेन्द्र शाहलाई फोन

रसुवाबाट २५ घाइतेको उपचारका लागि काठमाडौं ल्याइयो  

काठमाडौं– रसुवाको भोटेकोशी नदीमा आज बिहान आएको बाढीमा परी घाइते

नुवाकोटको दृश्य : उद्धार गर्दै सुरक्षाकर्मी, आफन्तको आर्तनाद (तस्बिरहरू)

काठमाडौं– नुवाकोटका बाढीपीडितलाई नेपाली सेनासहित सुरक्षाकर्मीद्वारा हवाई उद्धार जारी छ

विपद्मा नागरिकको जीवन रक्षा गर्न कांग्रेसद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौं– नेपाली कांग्रेसले सरकारका सबै साधन श्रोत र संयन्त्रको उच्चतम

नेपालमा बाढी प्रभावित भारतीयको उद्धारका लागि भारतीय दूतावास सक्रिय

काठमाडौं- नेपालमा बुधबार आएको आकस्मिक बाढीबाट प्रभावित भारतीय नागरिकको उद्धार