डोटी प्रशासनका सेवा एक साता बन्द रहने « Khabarhub

डोटी प्रशासनका सेवा एक साता बन्द रहने


२९ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

धनगढी- जिल्ला प्रशासन कार्यालय डोटीले एक साता सेवा बन्द रहने जनाएको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको कारण देखाउँदै अत्यावश्यक बाहेकका सबै सेवाहरू एक साताको लागि स्थगित गरिएको हो ।

कार्यालयमा कार्यरत कर्मचारीहरू निर्वाचन प्रयोजनका लागि मतदान केन्द्रमा खटिएकाले कार्यालयमा कर्मचारी अभाव हुने भन्दै कात्तिक २९ गतेदेखि मंसिर ५ गते सम्मका लागि सेवा बन्द हुने सूचनामार्फत सार्वजनिक गरिएको छ ।

प्रशासकीय अधिकृत दीपा जोशीले जारी गरेको सूचनामा अत्यावश्यक सेवा बाहेकका सबै सेवाहरू स्थगन गरिएको जानकारी गराइएको छ ।

प्रकाशित मिति : २९ कार्तिक २०७९, मंगलबार  ५ : ४४ बजे

म्याग्दीको गुर्जा र घोडेपानीमा हिमपात

म्याग्दी– म्याग्दीको धवलागिरी गाउँपालिका– १ गुर्जा र अन्नपूर्ण गाउँपालिका– ६

रविको स्वास्थ्य अवस्थाबारे के भन्छ टिचिङ अस्पताल ?

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको उपचारको

गुठी संस्थानविरुद्ध निर्वाचन आयोगमा उजुरी

काठमाडौं– गुठी संस्थानले निर्वाचन आचारसंहिताविपरीत श्री बौद्ध तथा मेलम्ची घ्याङ

डडेलधुरा पुगेर बालेन लेख्छन्- सुदूर अब दूर नाई…

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन्द्र साह

कांग्रेसको चुनावी नीति : जसको जिम्मेवारी जहाँ, उसले खट्ने त्यहाँ

काठमाडौं– नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा