अपाङ्गता भएकाको प्रतिनिधित्व गराउँछु : नेता कोइराला « Khabarhub

अपाङ्गता भएकाको प्रतिनिधित्व गराउँछु : नेता कोइराला


२९ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले आपाङ्गता भएका व्यक्तिहरुको हरेक क्षेत्रमा प्रतिनिधित्व र पहुँचका लागि लड्ने बताएका छन्। मोरङ क्षेत्र नंं ६ बाट गठबन्धन दलबाट प्रतिनिधिसभामा उम्मेदवार रहनुभएको नेता कोइरालाले विराटनगर–४ मा आज आयोजित चुनावीसभामा अपाङ्गता भएका व्यक्तिहरूलाई आत्मविश्वास बलियो बनाएर अघि बढ्न आग्रह गरे ।

उनले निर्वाचनमा विजयीपश्चात अपाङ्गता भएका व्यक्तिहरूलाई हरेक क्षेत्रमा प्रतिनिधित्व र पहुँचमा पु¥याउने प्रतिबद्धता व्यक्त गरे । प्रभावशाली नेता डा कोइरालाले अपाङ्गता भएका शिक्षित बेरोजगारलाई रोजगारी व्यवस्थापन गर्नुपर्नेमा जोड दिए ।

अपाङ्गता भएका व्यक्तिहरूलाई सीपमूलक तालिम दिएर स्वरोजगार बनाउन आफू लागि पर्ने उनले बताए । मोरङ क्षेत्र नम्बर ६ प्रदेशसभा (२) का उम्मेदवार एवं प्रदेश नं १ आन्तरिक मामिला कानुनमन्त्री केदार कार्कीले आपाङ्गमैत्री कानुन बनाएर हक अधिकार एवं रोजगारीका लागि कार्यान्वयन गर्न बताए ।

प्रकाशित मिति : २९ कार्तिक २०७९, मंगलबार  ८ : १६ बजे

म्याग्दीको गुर्जा र घोडेपानीमा हिमपात

म्याग्दी– म्याग्दीको धवलागिरी गाउँपालिका– १ गुर्जा र अन्नपूर्ण गाउँपालिका– ६

रविको स्वास्थ्य अवस्थाबारे के भन्छ टिचिङ अस्पताल ?

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको उपचारको

गुठी संस्थानविरुद्ध निर्वाचन आयोगमा उजुरी

काठमाडौं– गुठी संस्थानले निर्वाचन आचारसंहिताविपरीत श्री बौद्ध तथा मेलम्ची घ्याङ

डडेलधुरा पुगेर बालेन लेख्छन्- सुदूर अब दूर नाई…

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन्द्र साह

कांग्रेसको चुनावी नीति : जसको जिम्मेवारी जहाँ, उसले खट्ने त्यहाँ

काठमाडौं– नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा