मोरङ–४ : सत्ता गठबन्धन र एमालेबीच मुख्य प्रतिस्पर्धा « Khabarhub

मोरङ–४ : सत्ता गठबन्धन र एमालेबीच मुख्य प्रतिस्पर्धा


२९ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

मोरङ – आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा मोरङ क्षेत्र नं ४ मा प्रत्यक्षतर्फ सत्ता वगठबन्धन र नेकपा ९एमाले०का उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।

सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का अमनलाल मोदी र एमालेका विनोदप्रसाद ढकाल उम्मेदवार छन् । यस्तै सो क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टीका रवि रिजाल, नेपाली कांग्रेस (विपी) का अशोक पौडेल र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका गुल्टेन ऋषिदेव चुनावी मैदानमा छन् ।

यस्तै मङ्गोल नेश्नल अर्गनाइजेसनका धनबहादुर लिम्बु, हाम्रो नेपाल पार्टीका नविनकुमार विश्वास खवास, राष्ट्रिय स्वतन्त्र पार्टीका नेत्रप्रसाद सिवाकोटी, लोकतान्त्रिक समाजवादी पार्टीका लक्ष्मण साहु र नेपाल मजदूर किसान पार्टीका श्यामबहादुर दर्जी पनि उम्मेदवार छन्।

यस्तै स्वतन्त्र उम्मेदवारका रुपमा कुवेत मियाँ, देवनारायण विश्वास, पदम कार्की, महेश नेपाल, राजेन्द्रकुमार खवास र ज्ञानेन्द्र खत्री उम्मेदवार हुनुहुन्छ । क्षेत्र नं ४ मा मोदी र ढकालकै बढी चार्चा छ । ढकाललाई जनता समाजवादी पार्टी नेपालको साथ छ । ढकालको समर्थनमा जसपा नेपालले उम्मेदवार खडा गरेको छैन ।

 

प्रकाशित मिति : २९ कार्तिक २०७९, मंगलबार  ९ : २७ बजे

कांग्रेसको बन्दसत्रबाट चार प्रतिनिधि निवेदन पास गरिने

काठमाडौं– कांग्रेसको बन्द सत्र सुरु भएको छ। बन्द सत्र मार्फत

अनुराग डोभाल पक्राउ, श्रीमतीका भाइलाई कुटपिट र ज्यान मार्ने प्रयासको आरोप

काठमाडौं– भारतीय रियालिटी शो ‘बिग बोस’बाट चर्चामा आएका युट्युबर अनुराग

मध्यपूर्व द्वन्द्व अन्त्य गर्न गुटेरेसको आह्वान

इस्लामाबाद– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले मध्यपूर्वमा जारी द्वन्द्व अन्त्य

उपसभापतिका उम्मेदवार देवराजले फिर्ता लिए उम्मेदवारी

काठमाडौं– नेपाली कांग्रेसको उपसभापतिमा उम्मेदवारी दिएका देवराज चालिसेले पनि उम्मेदवारी

टेलिमेडिसिन सेवा प्रभावकारी बनाउन मन्त्री मेहताको जोड

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले टेलिमेडिसिन सेवालाई