मोरोक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकप फुटबलको फाइनलमा « Khabarhub

मोरोक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकप फुटबलको फाइनलमा


२९ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- लगातार दोस्रो पटक फ्रान्स विश्वकप फुटबलको फाइनलमा पुगेको छ। साविक विजेता फ्रान्स गएराति अल बायत स्टेडियममा भएको दोस्रो सेमिफाइनलमा मोरोक्कोलाई २–० गोल अन्तरले पराजित गर्दै फाइनल प्रवेश गरेको हो।

फ्रान्सको जितका लागि खेलको पाँचौं मिनेमा हर्नान्डेलले पहिलो गोल गरे। फ्रान्सका लागि दोस्रो गोल खेलको ७९ औं मिनेटमा राण्डल कोलो मुवानीले गरेका थिए। फ्रान्ससँग २–० ले पराजित भएको मोरोक्कोले पहिलो पटक विश्वकपको सेमिफाइनल खेलेको हो।

उपाधिका लागि फ्रान्सले अर्जेन्टिनासँग प्रतिस्पर्धा गर्नेछ। विश्वकप फुटबलको फाइनल आइतबार राति हुँदैछ।

मंगलबार राति भएको पहिलो सेमिफाइनलमा अर्जेन्टिनाले क्रोएसियालाई ३–० ले पराजित गरेको थियो।
सेमिफाइनलमा फ्रान्ससँग पराजित मोरक्को र अर्जेन्टिनासँग पराजित क्रोएसियाबीच भने तेस्रो स्थानका लागि प्रतिस्पर्धा हुनेछ।

 

 

प्रकाशित मिति : २९ मंसिर २०७९, बिहीबार  ५ : ०३ बजे

पाल्पामा चुनावी चहलपहल बढ्यो

तानसेन– आगामी फागुन २१ हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सफलतापूर्वक सम्पन्न

छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता

काठमाडौं– मुलुकको विकास साझेदारहरूबाट चालु आर्थिक वर्षको प्रथम छ महिनामा

नेपाली क्रिकेट टोलीलाई आईसीसी टी–२० विश्वकप खेल्न बिदाइ

काठमाडौं– आईसीसी टी–२० विश्वकप क्रिकेट खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट

‘गाजामा बालबालिकालाई पढाइ सुनिश्चित गर्न सहयोग बढाऊँ’

एजेन्सी – संयुक्त राष्ट्र र गाजामा काम गर्ने सहयोगी संस्थाहरूले

मानसिक सन्तुलन गुमाएका युवकले गरे आफ्नै आमाको हत्या

भक्तपुर– मानसिक सन्तुलन गुमाएका मध्यपुरथिमि नगरपालिका–३ तेर्चाटारका २७ वर्षीय प्रवीण