विश्वकपको फाइनलमा अर्जेन्टिना र फ्रान्सको भिडन्त | Khabarhub Khabarhub

विश्वकपको फाइनलमा अर्जेन्टिना र फ्रान्सको भिडन्त


२९ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


477
Shares
  • change font
  • change font
  • change font

काठमाडौं -२२ औं संस्करणको कतार फिफा विश्वकपको फाइनलमा अर्जेन्टिना र फ्रान्सबीच प्रतिस्पर्धा हुने भएको छ।

गएराति भएको दोस्रो सेमिफाइनलमा मोरोक्कोलाई पराजित गर्दै फ्रान्सले फाइनलमा अर्जेन्टिनासँगको भेट पक्का गरेको हो।

बुधबार भएको पहिलो सेमिफाइनलमा साविक उपविजेता क्रोएसियालाई ३-० ले पराजित गर्दै अर्जेन्टिना छैटौं पटक विश्वकप फुटबलको फाइनल पुगेको हो।

अर्जेन्टिनाले यसअघि सन् १९७८ र १९८६ मा गरेर दुई पटक विश्वकपको उपाधि उचालेको छ। सन् १९३०, १९९० र २०१४ मा फाइनल पुगेर अर्जेन्टिना घर फर्किएको छ। दुई पटक उपाधि उचालेको अर्जेन्टिनाले पाँच पटक विश्वकपको फाइनल खेलेको छ।

छैटौं पटक फाइनल खेल्न पुगेको अर्जेन्टिना र उसका कप्तान लियोनल मेस्सी विश्वकप उपाधिको नजिक पुगेका हुन्। उपाधिका लागि अर्जेन्टिनाले साविक विजेता फ्रान्सलाई पराजित गर्नुपर्नेछ।

यता मोरोक्कोलाई २–० गोल अन्तरले पराजित गर्दै फाइनल पुगेको फ्रान्स लगातार दोस्रो पटक विश्वकप उपाधि उचाल्ने दाउमा छ।

सन् १९९८ र २०१८ विश्वकप उपाधि उचालेको फ्रान्स सन् २००६ मा भएको विश्वप फाइनलमा इटालीसँग पराजित भएको थियो। फ्रान्सले अर्जेन्टिनालाई पराजित गर्दै लगातार विश्वकप उपाधि उचालेको रेकर्ड बनाउने सपना बनाएको छ।

अर्जेन्टिना र फ्रान्सबीचको फाइनल आइतबार राति लुसिल स्टेडियममा हुनेछ। विश्वकपको तेस्रो स्थानका लागि भने शनिबार राति क्रोएसिया र मोरोक्कोबीच प्रतिस्पर्धा हुँदैछ।

प्रकाशित मिति : २९ मंसिर २०७९, बिहीबार  ५ : ४९ बजे

चाडपर्व लक्षित सहुलियत पसल सञ्चालन हुने

सिमकोट– बडादशैँ र तिहारलगायतका पर्वलाई लक्षित गर्दै खाद्य व्यवस्था तथा

केही स्थानमा मध्यम र भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभागका अनुसार हाल मनसुनको न्यून

संविधानसम्मत संकटको निकास निकाल्न नागरिक अगुवाको सुझाव

काठमाडौं – नागरिक अगुवाले वक्तव्य सार्वजनिक गर्दै संकटको निकास संविधान

भोजपुरका किसानको आम्दानीको स्रोत अर्ग्यानिक आलु

भोजपुर– यहाँ उत्पादन हुने अर्ग्यानिक आलु भोजपुरका किसानको राम्रो आम्दानीको

सहज छैन खरानीको थुप्रोमा शासन

इतिहासको फुटनोटमा भदौ २४ मातृभूमिमाथि गरिएको संगठित अपराधको कालो दिनका