विश्वकपको फाइनलमा अर्जेन्टिना र फ्रान्सको भिडन्त « Khabarhub

विश्वकपको फाइनलमा अर्जेन्टिना र फ्रान्सको भिडन्त


२९ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


477
Shares
  • change font
  • change font
  • change font

काठमाडौं -२२ औं संस्करणको कतार फिफा विश्वकपको फाइनलमा अर्जेन्टिना र फ्रान्सबीच प्रतिस्पर्धा हुने भएको छ।

गएराति भएको दोस्रो सेमिफाइनलमा मोरोक्कोलाई पराजित गर्दै फ्रान्सले फाइनलमा अर्जेन्टिनासँगको भेट पक्का गरेको हो।

बुधबार भएको पहिलो सेमिफाइनलमा साविक उपविजेता क्रोएसियालाई ३-० ले पराजित गर्दै अर्जेन्टिना छैटौं पटक विश्वकप फुटबलको फाइनल पुगेको हो।

अर्जेन्टिनाले यसअघि सन् १९७८ र १९८६ मा गरेर दुई पटक विश्वकपको उपाधि उचालेको छ। सन् १९३०, १९९० र २०१४ मा फाइनल पुगेर अर्जेन्टिना घर फर्किएको छ। दुई पटक उपाधि उचालेको अर्जेन्टिनाले पाँच पटक विश्वकपको फाइनल खेलेको छ।

छैटौं पटक फाइनल खेल्न पुगेको अर्जेन्टिना र उसका कप्तान लियोनल मेस्सी विश्वकप उपाधिको नजिक पुगेका हुन्। उपाधिका लागि अर्जेन्टिनाले साविक विजेता फ्रान्सलाई पराजित गर्नुपर्नेछ।

यता मोरोक्कोलाई २–० गोल अन्तरले पराजित गर्दै फाइनल पुगेको फ्रान्स लगातार दोस्रो पटक विश्वकप उपाधि उचाल्ने दाउमा छ।

सन् १९९८ र २०१८ विश्वकप उपाधि उचालेको फ्रान्स सन् २००६ मा भएको विश्वप फाइनलमा इटालीसँग पराजित भएको थियो। फ्रान्सले अर्जेन्टिनालाई पराजित गर्दै लगातार विश्वकप उपाधि उचालेको रेकर्ड बनाउने सपना बनाएको छ।

अर्जेन्टिना र फ्रान्सबीचको फाइनल आइतबार राति लुसिल स्टेडियममा हुनेछ। विश्वकपको तेस्रो स्थानका लागि भने शनिबार राति क्रोएसिया र मोरोक्कोबीच प्रतिस्पर्धा हुँदैछ।

प्रकाशित मिति : २९ मंसिर २०७९, बिहीबार  ५ : ४९ बजे

एमालेमा अनेक हुन्छ : आफ्नै निर्देशनविपरीत अन्तिम समयमा ओलीको हस्तक्षेप, मन्त्रीको शपथ लिन तयार भएकाहरू जिल्लिए

धनगढी– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरको गुन्डूबाट सुदूरपश्चिम

विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन

काठमाडौं– ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणलाई विद्युत्

ट्राफिक प्रहरीको कारबाहीमा परे श्रमसंस्कृतिका अध्यक्ष हर्कराज राई, तिराइयो जरिवाना

काठमाडौं- प्रहरीले श्रमसंस्कृति पार्टीका अध्यक्ष धरान उपमहानगरपालिका-१८ निवासी हर्कराज राईलाई

निश्चित समय आन्तरिक उत्पादनलाई संरक्षण गर्न केही क्षेत्रमा कर लगाएका हौँ : अर्थमन्त्री वाग्ले

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले स्रोत, समय र अपेक्षाको चापकाबीचमा