विश्वकपको ड्युटी गर्दागर्दै ढलेका सेक्युरिटी गार्डको मृत्यु  « Khabarhub

विश्वकपको ड्युटी गर्दागर्दै ढलेका सेक्युरिटी गार्डको मृत्यु 


२९ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


846
Shares
  • change font
  • change font
  • change font

दोहा – कतारमा जारी फिफा विश्वकपको क्रममा ड्युटी गर्दागर्दै लुसेल स्टेडियममा ढलेका सेक्युरिटी गार्डको मृत्यु भएको छ।

कतारको सुप्रीम कमेटी फर डिलिवरी एण्ड लिगेसी (एससी) को सर्वोच्च समितिका अनुसार गार्ड जोन न्जाउ किबुईको बुधबार मृत्यु भएको हो। तीन दिन सघन हेरचाह इकाईमा रहेका उनको चिकित्सा टोलीको प्रयासको बाबजुद पनि दुखद मृत्यु भएको एससीले जनाएको छ।

‘एम्बुलेन्समार्फत हमाद मेडिकल अस्पतालको सघन हेरचाह इकाईमा सार्नु अघि स्टेडियम मेडिकल टोली तुरुन्तै घटनास्थलमा पुगेका थिए र आकस्मिक उपचार प्रदान गरेका थिए, एससीको प्रेस विज्ञप्तिमा भनिएको छ।

‘मृतक गार्डको आफन्तलाई पनि जानकारी गराइसकिएको छ। यो कठिन समयमा उनको परिवार, सहकर्मी र साथीहरूलाई हार्दिक समवेदना व्यक्त गर्दछौ’, एससीले भनेको छ । मृतक सेक्युरिटी गार्डको परिवारले पाउने क्षतिपूर्ति रकम प्राप्त गर्ने सुनिश्चित गरिने पनि एससीले जनाएको छ।

उनी शनिबार नेदरल्याण्ड्स र अर्जेन्टिनाबीचको क्वार्टरफाइनल खेलमा सेक्युरिटी गार्ड गरिरहेका बेला ढलेका थिए । फिफा विश्वकप आयोजक देश कतारले उनी के कारणले स्टेडियममै ढलेका हुन् भन्नेबारे अनुसन्धान भइरहेको छ।

यसअघि साउदी अरेबियाले फिफा विश्वकपको प्रशिक्षण स्थलको प्रयोग गर्दै आएको रिसोर्टमा काम गर्ने क्रममा एक फिलिपिनो नागरिकको मृत्यु भएको थियो।

प्रकाशित मिति : २९ मंसिर २०७९, बिहीबार  ७ : ३२ बजे

तीन वर्षमा पनि बनेन रेसुङ्गा सभाहल

गुल्मी– यहाँको रेसुङ्गा नगरपालिकामा निर्माणाधीन अत्याधुनिक सभाहल निर्माण तीन वर्षसम्म

काठमाडौंमा राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रदर्शन

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीले मंगलबार काठमाडौंमा प्रदर्शन गरेको छ ।

ठेकेदारले समयमा काम नगर्दा देश र जनतालाई घाटा भयो : मन्त्री घिसिङ

पाटन (ललितपुर)- ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात,

ठेक्का प्रणालीको उचित व्यवस्थापन नहुँदा अर्थतन्त्र र रोजगारीमा असर परेको छ : मन्त्री घिसिङ

पाटन– ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात, सहरी

उपाधिदेखि पुछारसम्म : कहाँ चुक्यो जनकपुर ?

काठमाडौं– पहिलो संस्करणको नेपाल प्रिमियर लिग एनपीएल जित्दै इतिहास रचेको