विश्वकपको ड्युटी गर्दागर्दै ढलेका सेक्युरिटी गार्डको मृत्यु  « Khabarhub

विश्वकपको ड्युटी गर्दागर्दै ढलेका सेक्युरिटी गार्डको मृत्यु 


२९ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


846
Shares
  • change font
  • change font
  • change font

दोहा – कतारमा जारी फिफा विश्वकपको क्रममा ड्युटी गर्दागर्दै लुसेल स्टेडियममा ढलेका सेक्युरिटी गार्डको मृत्यु भएको छ।

कतारको सुप्रीम कमेटी फर डिलिवरी एण्ड लिगेसी (एससी) को सर्वोच्च समितिका अनुसार गार्ड जोन न्जाउ किबुईको बुधबार मृत्यु भएको हो। तीन दिन सघन हेरचाह इकाईमा रहेका उनको चिकित्सा टोलीको प्रयासको बाबजुद पनि दुखद मृत्यु भएको एससीले जनाएको छ।

‘एम्बुलेन्समार्फत हमाद मेडिकल अस्पतालको सघन हेरचाह इकाईमा सार्नु अघि स्टेडियम मेडिकल टोली तुरुन्तै घटनास्थलमा पुगेका थिए र आकस्मिक उपचार प्रदान गरेका थिए, एससीको प्रेस विज्ञप्तिमा भनिएको छ।

‘मृतक गार्डको आफन्तलाई पनि जानकारी गराइसकिएको छ। यो कठिन समयमा उनको परिवार, सहकर्मी र साथीहरूलाई हार्दिक समवेदना व्यक्त गर्दछौ’, एससीले भनेको छ । मृतक सेक्युरिटी गार्डको परिवारले पाउने क्षतिपूर्ति रकम प्राप्त गर्ने सुनिश्चित गरिने पनि एससीले जनाएको छ।

उनी शनिबार नेदरल्याण्ड्स र अर्जेन्टिनाबीचको क्वार्टरफाइनल खेलमा सेक्युरिटी गार्ड गरिरहेका बेला ढलेका थिए । फिफा विश्वकप आयोजक देश कतारले उनी के कारणले स्टेडियममै ढलेका हुन् भन्नेबारे अनुसन्धान भइरहेको छ।

यसअघि साउदी अरेबियाले फिफा विश्वकपको प्रशिक्षण स्थलको प्रयोग गर्दै आएको रिसोर्टमा काम गर्ने क्रममा एक फिलिपिनो नागरिकको मृत्यु भएको थियो।

प्रकाशित मिति : २९ मंसिर २०७९, बिहीबार  ७ : ३२ बजे

वालेन्द्रलाई वर्षमानका १८ सुझाव : खोज तथा उद्धारमा तीव्रतादेखि नेपाल-चीन संयुक्त संयन्त्र निर्माणसम्म

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टीका नेता तथा प्रतिनिधिसभा सदस्य वर्षमान पुन

टनेलमा फसेकाको तत्काल उद्धार गर्न सरकारलाई पूर्वाधार समितिको निर्देशन

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिले भाद्र १० गतेको विनाशकारी

क्युरेक्स फर्मास्युटिकल्सको ‘प्यान्टोलोक–डीएसआर’ औषधि बजारबाट फिर्ता गर्न निर्देशन

काठमाडौं– औषधि व्यवस्था विभागले क्युरेक्स फर्मास्युटिकल्स प्रालि, बनेपाद्वारा उत्पादित ‘प्यान्टोलोक–डीएसआर’

बर्नहम–म्याक्रोन वार्ता, बेलायत-फ्रान्स सहकार्य बढ्ने

एजेन्सी– बेलायतका प्रधानमन्त्री एन्डी बर्नहम र फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनबीच

आयोजनाका प्राविधिकको सहयोग लिएर लाङटाङको सुरुङबाट सेनाले निकाल्यो दुईजनाको शव

रसुवा- रसुवाको लाङटाङ खोला जलविद्युत् आयोजनाको सुरुङबाट नेपाली सेनाले दुईजना