जनताको रोजाइमा पहिलो पार्टी बनेको भन्दै विशेष कार्यक्रम गर्दै एमाले « Khabarhub

जनताको रोजाइमा पहिलो पार्टी बनेको भन्दै विशेष कार्यक्रम गर्दै एमाले


२९ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मालेले आगामी ५ पुसमा राजधानीमा ‘एमाले जनताको रोजाइमा पहिलो पार्टी’ विशेष कार्यक्रम आयोजना गर्ने भएको छ । कार्यक्रममा अध्यक्ष केपी ओलीले पार्टीबाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्यलाई बधाई दिनुका साथै सम्बोधन गर्ने छन् । कार्यक्रमलाई एमालेले विजय, बधाई र उत्सवका रूपमा मनाउने भएको छ ।

गत ४ मङ्सिरमा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचनमा एमालेबाट प्रतिनिधिसभा सदस्यमा ७८ जना र प्रदेश सभामा १६१ जना सदस्य निर्वाचित भएका छन् । चौतर्फी घेराबन्दीको प्रतिकूल परिस्थितिमा पनि लोकप्रिय मतमा पहिलो भएको भन्दै एमालेले विशेष कार्यक्रम आयोजना गर्न लागेको हो ।

कार्यक्रममा प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरू, प्रदेश सभामा नवनिर्वाचित सदस्यहरू, राष्ट्रिय सभाका बहालवाला सदस्यहरू, प्रतिनिधिसभा र प्रदेश सभा सदस्यका उम्मेदवारहरू, निर्वाचन परिचालन कमिटीका सदस्यहरू-पार्टीका केन्द्रीय सदस्यहरू, केन्द्रीय निकाय प्रमुख र पदाधिकारीहरू, प्रदेश कमिटीका अध्यक्षहरू, जनसंगठनका अध्यक्ष र महासचिव, केन्द्रीय विभागका सचिवहरू, केन्द्रीय कार्यालय सचिव, प्रदेश कमिटीका पदाधिकारीहरू, जनसंगठनका थप तीनजना पदाधिकारी, केन्द्रीय कार्यालय र परिचालनमा संलग्नहरूलाई आमन्त्रण गरिएको एमालेले जनाएको छ । 

 

 

प्रकाशित मिति : २९ मंसिर २०७९, बिहीबार  २ : १४ बजे

अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनालले विकासशील मुलुकको विश्व आर्थिक शासन व्यवस्थामा

सडक सञ्जाल अवरुद्ध हुँदा रसुवामा खाद्यान्न अभाव, बिरामी मारमा

रसुवा– भोटेकोशी बाढीका कारण चीनसँगको सीमावर्ती जिल्ला रसुवाको सडक सञ्जाल

ग्रिसको एक्रोपोलिस नजिक भवनमा विस्फोट, दुई अचेत व्यक्तिको उद्धार

एथेन्स- ग्रिसको राजधानी एथेन्सस्थित पर्यटकीय क्षेत्र प्लाकामा शुक्रबार भएको विस्फोटपछि

बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध

बागलुङ– बाढी तथा पहिरोका कारण बागलुङका दुई राष्ट्रिय राजमार्ग शुक्रबार

मौसम प्रतिकूल भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित

मुस्ताङ– मौसम प्रतिकूलता भएसँगै धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङ सुनसान