व्यासमा विद्युतीय कर भुक्तानी सेवाको शुभारम्भ | Khabarhub Khabarhub

व्यासमा विद्युतीय कर भुक्तानी सेवाको शुभारम्भ


२९ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

तनहुँ – जिल्लाको व्यास नगरपालिका कार्यालयमा आजदेखि विद्युतीय कर भुक्तानी सेवाको शुभारम्भ गरिएको छ । नगरपालिका नगरप्रमुख वैकुण्ठ न्यौपानेले एक कार्यक्रमका बीच आफ्नो कर तिरेर उद्घाटन गरे ।

सो अवसरमा उनले गण्डकी प्रदेशको समन्वयमा रु दुई करोडको लागतमा कर भुक्तानी सेवा सञ्चालनमा ल्याइएको बताए । व्यास नगरपालिका मातहत रहेका १४ वटै वडामा डिजिटल प्रविधिको अभ्यास भइरहेको उनले जानकारी दिए। “चुस्त, दुरुस्त र विश्वसनीय बनाउने विश्वास लिएको छौँ”, उनले भने , “कमीकमजोरीलाई सुधार गर्दै अघि बढ्ने छौँ ।”

प्रत्येक वडाका नागरिक बडापत्र राखेर प्रविधिमैत्री बनाउन लागेको उनको भनाइ थियो । विद्युतीय कर भुक्तानीका लागि विद्युत् र इन्टरनेटको पहुँच पुग्न आवश्यक रहेको व्यासका आइटी इञ्जीनियर टीकाराम दाहालले बताए ।

पराम्परागत शैलीबाट काम गर्न झन्झटिलो हुनुका साथै ढिलासुस्ती हुने भएकाले बदलिँदो परिस्थितिअनुरूप आधुनिकीकरणलाई अवलम्बन गर्न आवश्यक रहेको उनको भनाइ थियो ।

प्रकाशित मिति : २९ मंसिर २०७९, बिहीबार  ८ : १६ बजे

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल असार १७ गते मंगलबार। असार

आज २०८२ साल असार १७ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार १७ गते मंगलबार। असार

विश्वको समग्र आर्थिक वृद्धिसँगै असमानता गहिरिँदै गएको छ : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको सेभिया शहरमा आयोजित

प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटरेसबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसंघका महासचिव

जीबी राई पक्राउ गर्न सरकारलाई ज्ञानेन्द्र शाहीको चुनौती

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले