अंग्रपङ्तिमा खटिनेलाई बुस्टर डोज आजदेखि « Khabarhub

अंग्रपङ्तिमा खटिनेलाई बुस्टर डोज आजदेखि


२ माघ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सरकारले आज (आइतबार) कोरोना रोकथामका लागि अंग्रपङ्तिमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायतलाई कोभिड विरुद्धको बुस्टर डोज दिन सुरु गर्दैछ।

यसअघि पूर्ण मात्रा खोप लगाइसकेका र ६ महिना पूरा भएकाहरुलाई पहिले लगाइएकै बुस्टर खोप दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सहप्रवक्ता डा. समीर कुमार अधिकारीले खोप हाल सञ्चालित र थपिने खोप केन्द्रहरूबाट नै दिइने छ । कोभिड रोकथाम तथा नियन्त्रणमा खटिने र सार्वजनिक क्षेत्रमा काम गर्ने ९ लाख ४९ हजार ८ सय ८७ जनालाई कोभिड विरुद्धको बुस्टर डोज दिइने उनले जानकारी दिए ।

हाल फ्रन्टलाइनर अन्तर्गत बुस्टर खोप पाउनेहरूमा स्वास्थ्यकर्मी तथा सबै कर्मचारी, नेपाल आर्मी, नेपाल पुलिस, सशस्त्र प्रहरीसहित सबै सुरक्षाकर्मी, सरसफाइकर्मी, एम्बुलेन्स तथा शव वाहन चालक, महिला स्वास्थ्य स्वयंसेविका, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटिने कर्मचारीहरू छन् ।

सार्वजनिक क्षेत्रमा काम गर्ने कर्मचारीलाई समेत थप मात्रा दिइने छ । यस अन्तर्गत सरकारी कार्यालय, सामुदायिक सेवा प्रवाह गर्ने संघ संस्था, बैंकिङ सेवा संचारकर्मी, पत्रकार, सार्वजनिक यातायातका चालक तथा सहचालक लगायतका रहेको डा.अधिकारी बताए ।

सरकारले माघ १४ गतेदेखि ६० वर्षमाथिका जेष्ठ नागरिक र दिर्धरोगीहरूका लागि बुस्टर डोज खोप लगाउने तयारी गरेको छ ।

प्रकाशित मिति : २ माघ २०७८, आइतबार  ९ : ०५ बजे

मैत्रीपूर्ण फुटबल खेल्न पूर्वकप्तानहरु सुर्खेतमा

कर्णाली– नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तानहरु कर्णाली प्रदेशको राजधानी सुर्खेतमा

केही भूभागमा मध्यमदेखि ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

सूर्यविनायक पूर्ण खोप सुनिश्चितता नगर घोषणा

भक्तपुर– भक्तपुरको सूर्यविनायक नगरपालिकाले शुक्रबार नगरलाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना

हत्या आरोपमा एकै घरका तीन जना पक्राउ

खोटाङ– खुकुरी प्रहारबाट दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खास्थित मोरियाका ३८ वर्षीय

दाउन्नेको सास्ती हट्यो, सहज बन्दै यात्रा

नवलपरासी– गत वर्षसम्म सामान्य वर्षा हुँदा पनि घण्टौँ सवारीसाधन जाम