पोखरा उडेको जहाजमा प्राविधिक समस्या देखिएपछि पुन: काठमाडौं फर्काइयो « Khabarhub

पोखरा उडेको जहाजमा प्राविधिक समस्या देखिएपछि पुन: काठमाडौं फर्काइयो


२ माघ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंबाट पोखरा उडेको गुण एयरलाइन्सको विमान पुनः काठमाडौं अवतरण गरेको छ । आइतवार बिहान १० बजे उडेको विमानमा प्राविधिक समस्या देखिएपछि फेरि काठमाडौं अवतरण गराइएको हो ।

उक्त जहाज बिहान साढे ८ बजे पोखरा उड्ने तालिका भए पनि डिले भएर २ घण्टापछि उडेको थियो ।

जहाज उडेपछि ककपिटको इन्डिकेटरले एउटा ढोका लक भएको देखाएपछि पाइलटले विमान काठमाडौंमै अवतरण गराएका हुन् ।

त्रिभुवन विमानस्थल नागरिक उड्ययन कार्यालयका प्रमुख भोलाप्रसाद गुरागाईंका अनुसार जहाजको प्राविधिक परीक्षण भइरहेको छ भने यात्रुलाई अर्को जहाजमार्फत पोखरा पठाउने तयारी थालिएको छ ।

प्रकाशित मिति : २ माघ २०७८, आइतबार  १२ : ५९ बजे

प्रतिनिधिसभा निर्वाचनः नेमकिपाले ५९ जिल्लामा दियो उम्मेदवारी

भक्तपुर – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि

जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल

दाङ – नेकपा (एमाले) का महासचिव एवम् दाङ निर्वाचन क्षेत्र

तोलामा १० हजार चार सयले बढ्यो सुनको भाउ

काठमाडौं – स्थानीय बजारमा सुनको मूल्यमा भारी वृद्धि भएको छ

६ पूर्वअर्थमन्त्री चुनावी दौडमा

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

बैतडीमा हातहतियार बुझाउन स्थानीयप्रशासनको निर्देशन

बैतडी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण