ट्वीटरले बन्द गर्‍यो इरानका सर्वोच्च नेता खामेनीको ट्वीटर एकाउन्ट « Khabarhub

ट्वीटरले बन्द गर्‍यो इरानका सर्वोच्च नेता खामेनीको ट्वीटर एकाउन्ट


२ माघ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इरानका सर्वोच्च नेता आयोतोल्लाह अली खोमेनीको ट्वीटर खाता ट्वीटरले बन्द गरेको छ ।

खोमेनीले एक एनिमेटेड भिडियो ट्वीट गरेका थिए । उक्त भिडियो अपलोडपछि ट्वीटरले उनको खाता बन्द गरिदिएको हो ।

एनिमेटेड भिडियोमा अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले इराकको राजधानी बग्दादमा ड्रोन हमला गर्न निर्देशन दिएको देखाइएको छ ।

ट्रप राष्ट्रपति हुँदा राजधानी बग्दादमा ड्रोन हमलामा परेर इरानका तत्कालीन कमान्डर जनरम कासिम सुलेमानीको हत्या गरिएको थियो ।

यसअघि ट्वीटरले पूर्वराष्ट्रपति ट्रम्पबारे एक एनिमेटेड भिडियो सार्वजनिक गरेका थिए । जुन एनिमेटेड भिडियोमा एक रोबोटको माध्यमबाट ट्रम्पको हत्या गर्ने प्रयास गरिन्छ ।

ट्वीटरमा खामेनीको वेबसाइटमा लिंक गरिएको खाता पूर्ण रुपमा बन्द गरिए पनि अरु खाताहरू भने छन् ।

 

प्रकाशित मिति : २ माघ २०७८, आइतबार  २ : ०० बजे

बैतडीमा ट्रक दुर्घटना, चालकसहित चारजना घाइते

बैतडी– जयपृथ्वी राजमार्गमा ट्रक दुर्घटना हुँदा चालकसहित चार जना घाइते

रोशी खेलामा बाढी आएपछि बीपी राजमार्ग अवरुद्ध

काभ्रे– गएरातिको वर्षाका कारण रोशी खोलामा बाढी आएपछि बीपी राजमार्ग

कांग्रेसद्वारा ‘ईद उल फित्र’ पर्वको शुभकामना

काठमाडौँ– नेपाली कांग्रेसले इस्लाम धर्मावलम्बीहरूको पवित्र पर्व ‘ईद उल फित्र’को

‘एमालेमा नेतृत्व परिवर्तनको बहस अर्थहीन, सडकबाट कराएर केही हुन्न’

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगन थापाले बुधबार राजीनामा दिइसकेका छन्।

म्याग्दीको हिदी–मालिका सडक आयोजना सुरु

म्याग्दी– मङ्गला गाउँपालिका–२ हिदीदेखि म्याग्दीको प्रमुख धार्मिक पर्यटकीयस्थल मालिका धुरी