आफूलाई गर्भवती बनाउने वीर्यदाताविरुद्ध उजुरी, २८ लाख डलर क्षतिपूर्ति माग « Khabarhub

आफूलाई गर्भवती बनाउने वीर्यदाताविरुद्ध उजुरी, २८ लाख डलर क्षतिपूर्ति माग


२ माघ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

टोकियो– जापानमा एक महिलाले आफूलाई गर्भवती बनाउने वीर्यदाताविरुद्ध उजुरी गरेकी छिन् ।

बेइमानी गरेको, सफेद झुट बोलेको र आफ्नो शैक्षिक पृष्ठभूमि र जातिय पहिचान ढाँटेको आरोप लगाउँदै राजधानी टोकियोकी ३० वर्षीया महिलाले वीर्यदान गर्ने पुरुषविरुद्ध उजुरी गरेकी हुन् ।

महिला र उनका पतिले दोस्रो सन्तान चाहेको, तर पतिमा वंशानुगत समस्या देखिएपछि उनीहरु दाताको खोजीमा थिए । दाताको वीर्य प्रयोग गर्ने निधो गरेपछि उनीहरुले सामाजिक सञ्जालमा अन्दाजी २५ वर्षका पुरुष फेला पार्छन् ।

ती व्यक्ति आफू अविवाहित भएको र क्वेटो युनिभर्सिटीबाट स्नातक गरेको बताएपछि सो दम्पत्ति दाताको वीर्य लिन मन्जुर हुन्छन् ।

दातासँग १० पटक यौन सम्पर्क गरेपछि ती महिला सन् २०१९ को जुनको अन्त्यमा गर्भवती हुन्छिन् । पेटको बच्चा बढ्दै जाने क्रममा ती महिलालाई आफूलाई गर्भवती बताउने पुरुषबारे थप चासो बढ्छ । खोजी गर्ने क्रममा ती व्यक्ति वास्तवमा विवाहित भएको र विश्वविद्यालयको मुखै नदेखेको खुलासा हुन्छ ।

यौन सन्तुष्टिका लागि दाताले आफूलाई झुट बोलेको र गलत सूचना दिएको भन्दै ती महिलाले पुरुषविरुद्ध अहिले उजुरी गरेकी छिन् । उजुरीमा उनले २८ लाख डलर क्षतिपूर्ति माग गरेकी छिन् ।

पछिल्लो समयमा धेरै दम्पत्तिले वीर्यदाताको सहयोगमा सन्तान जन्माउन सामाजिक सञ्जालको मुख ताक्न थालेका छन् । सामाजिक सञ्जालमार्फत तेस्रो व्यक्तिको वीर्यबाट जापानमा १० हजारभन्दा बढी सन्तान जन्मिएका छन् ।

प्रकाशित मिति : २ माघ २०७८, आइतबार  ३ : १० बजे

वाणिज्य विभागको बजार अनुगमन, एक फर्मलाई ५० हजार रुपैयाँ जरिवाना

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक फर्मलाई ५०

विश्वकप तयारी : पहिलो अभ्यास खेलमा श्रीलंकासँग नेपाल पराजित

काठमाडौं – आइसिसी टी-२० विश्वकप तयारीमा रहेको नेपाली राष्ट्रिय टिम

प्रतिनिधिसभा सदस्य निर्वाचन : सबैभन्दा बढी रुपन्देही र कम मुस्ताङमा उम्मेदवारी

काठमाडौं – आगामी फागुन २१ मा हुने प्रतिनिधिसभाको निर्वाचनका लागि

आजको मौसम : पश्चिमी वायुको आंशिक प्रभाव कायमै, तराईमा हुस्सुको पीडा उस्तै

काठमाडौं – हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायम छ।

भक्तपुरमा पुरानालाई नयाँको चुनौती : महेश बस्नेतसँग भिड्दै राजीव खत्री र दीपशिखा

भक्तपुर – आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि