आफूलाई गर्भवती बनाउने वीर्यदाताविरुद्ध उजुरी, २८ लाख डलर क्षतिपूर्ति माग « Khabarhub

आफूलाई गर्भवती बनाउने वीर्यदाताविरुद्ध उजुरी, २८ लाख डलर क्षतिपूर्ति माग


२ माघ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

टोकियो– जापानमा एक महिलाले आफूलाई गर्भवती बनाउने वीर्यदाताविरुद्ध उजुरी गरेकी छिन् ।

बेइमानी गरेको, सफेद झुट बोलेको र आफ्नो शैक्षिक पृष्ठभूमि र जातिय पहिचान ढाँटेको आरोप लगाउँदै राजधानी टोकियोकी ३० वर्षीया महिलाले वीर्यदान गर्ने पुरुषविरुद्ध उजुरी गरेकी हुन् ।

महिला र उनका पतिले दोस्रो सन्तान चाहेको, तर पतिमा वंशानुगत समस्या देखिएपछि उनीहरु दाताको खोजीमा थिए । दाताको वीर्य प्रयोग गर्ने निधो गरेपछि उनीहरुले सामाजिक सञ्जालमा अन्दाजी २५ वर्षका पुरुष फेला पार्छन् ।

ती व्यक्ति आफू अविवाहित भएको र क्वेटो युनिभर्सिटीबाट स्नातक गरेको बताएपछि सो दम्पत्ति दाताको वीर्य लिन मन्जुर हुन्छन् ।

दातासँग १० पटक यौन सम्पर्क गरेपछि ती महिला सन् २०१९ को जुनको अन्त्यमा गर्भवती हुन्छिन् । पेटको बच्चा बढ्दै जाने क्रममा ती महिलालाई आफूलाई गर्भवती बताउने पुरुषबारे थप चासो बढ्छ । खोजी गर्ने क्रममा ती व्यक्ति वास्तवमा विवाहित भएको र विश्वविद्यालयको मुखै नदेखेको खुलासा हुन्छ ।

यौन सन्तुष्टिका लागि दाताले आफूलाई झुट बोलेको र गलत सूचना दिएको भन्दै ती महिलाले पुरुषविरुद्ध अहिले उजुरी गरेकी छिन् । उजुरीमा उनले २८ लाख डलर क्षतिपूर्ति माग गरेकी छिन् ।

पछिल्लो समयमा धेरै दम्पत्तिले वीर्यदाताको सहयोगमा सन्तान जन्माउन सामाजिक सञ्जालको मुख ताक्न थालेका छन् । सामाजिक सञ्जालमार्फत तेस्रो व्यक्तिको वीर्यबाट जापानमा १० हजारभन्दा बढी सन्तान जन्मिएका छन् ।

प्रकाशित मिति : २ माघ २०७८, आइतबार  ३ : १० बजे

वालेन्द्रलाई वर्षमानका १८ सुझाव : खोज तथा उद्धारमा तीव्रतादेखि नेपाल-चीन संयुक्त संयन्त्र निर्माणसम्म

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टीका नेता तथा प्रतिनिधिसभा सदस्य वर्षमान पुन

टनेलमा फसेकाको तत्काल उद्धार गर्न सरकारलाई पूर्वाधार समितिको निर्देशन

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिले भाद्र १० गतेको विनाशकारी

क्युरेक्स फर्मास्युटिकल्सको ‘प्यान्टोलोक–डीएसआर’ औषधि बजारबाट फिर्ता गर्न निर्देशन

काठमाडौं– औषधि व्यवस्था विभागले क्युरेक्स फर्मास्युटिकल्स प्रालि, बनेपाद्वारा उत्पादित ‘प्यान्टोलोक–डीएसआर’

बर्नहम–म्याक्रोन वार्ता, बेलायत-फ्रान्स सहकार्य बढ्ने

एजेन्सी– बेलायतका प्रधानमन्त्री एन्डी बर्नहम र फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनबीच

आयोजनाका प्राविधिकको सहयोग लिएर लाङटाङको सुरुङबाट सेनाले निकाल्यो दुईजनाको शव

रसुवा- रसुवाको लाङटाङ खोला जलविद्युत् आयोजनाको सुरुङबाट नेपाली सेनाले दुईजना