मछिन्द्रले ब्रिगेड ब्वाइज क्लबलाई हरायाे, २३ अंकसहित शीर्ष स्थानमा « Khabarhub

मछिन्द्रले ब्रिगेड ब्वाइज क्लबलाई हरायाे, २३ अंकसहित शीर्ष स्थानमा


२ माघ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्ट्राइकर विमल घर्ती मगरको दुई गोलप्रेरित मछिन्द्र क्लबले आइतबार ब्रिगेड ब्वाइज क्लबलाई ४-० ले पराजित गर्दै सहिद स्मारक ए डिभिजन लिगको शीर्ष स्थानमा चार अंकको अग्रता लिएको छ ।

मछिन्द्र नौ खेलमा २३ अंकसहित शीर्ष स्थानमा छ । जुन समान खेल खेल्दै दोस्रो स्थानमा बसेको मनाङ मर्स्याङ्दीभन्दा चार अंक बढी हो ।

खेलको ५६औं मिनेटमा विमलले गरेको गोलमा मछिन्द्रले अग्रता लिएको थियो । त्यसको ६ मिनेटपछि विमलले मछिन्द्रको अग्रता दोब्बर पारेका थिए । ब्रिगेड ब्वाइज भने नाै खेलमा ६ अंकसहित १२औं स्थानमा छ ।

यसअघि नवौ मिनेटमा ब्रिगेड ब्वाइजका अनिल गुरुङले गरेको प्रहार मछिन्द्रका गोलकिपर विशाल श्रेष्ठले सहजै नियन्त्रणमा लिए । १५औं मिनेटमा रञ्जित धिमालको कर्नरमा देवेन्द्र तामाङले गरेको हेडर बाहिरिँदा मछिन्द्रले खेलमा अघि बढ्ने अवसर गुमाएको थियो ।

२६औं मिनेटमा रञ्जितको कर्नरमा कप्तान सुजल श्रेष्ठले गरेको प्रहार ब्रिगेड ब्वाइजका गोलकिपर गुरप्रित सिंहले बचाए । त्यसको तीन मिनेटपछि रञ्जितको क्रसमा नुर्लान नोब्रुजोबको हेडर बाहिरिँदा मछिन्द्रले अग्रता दिने अर्कोे अवसर गुमायो । ४४औं मिनेटमा सुनिल बलले गरेको प्रहार ब्रिगेड ब्वाइजका गोलकिपर गुरप्रित सिंहले पञ्च गर्दै टोलीको संकट टारेका थिए ।

च्यासल युथ क्लबका नौ खेलाडीमा कोभिड संक्रमण पुष्टि भएपछि आइतबार नेपाल पुलिसविरुद्ध तय खेल भने स्थिगित भएको छ । आज बेलुकी तय नेपाल पुलिस र च्यासल युथ क्लबबीचको खेल स्थगित भएको हाे ।

प्रकाशित मिति : २ माघ २०७८, आइतबार  ३ : ४१ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र