च्यासलका १९ खेलाडीमा कोरोना सङ्क्रमण « Khabarhub

च्यासलका १९ खेलाडीमा कोरोना सङ्क्रमण


२ माघ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– च्यासल युथ क्लबका १९ खेलाडीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । खेलाडीमा कोरोना देखिएसँगै आज हुने भनिएको शहीद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गतको नेपाल पुलिस क्लब र च्यासलबीचको खेल स्थगित भएको छ ।

च्यासलले आफ्ना १९ खेलाडीमा कोरोना देखिएपछि पुलिसविरुद्धको खेल स्थगित गर्न अखिल नेपाल फुटबल सङ्घ (एन्फा)सँग प्रस्ताव गरेको थियो । सोही प्रस्तावका आधारमा एन्फा लिग कमिटीले मेडिकल कमिटीसँग सल्लाह गरी खेल स्थगितको निर्णय गरेको हो । यसअघि च्यासल र पुलिसबीचको खेल आज दिउँसो ४:४५ बजे हुने तय भएको थियो । सो खेलको नयाँ मिति चाँडै तय गरिने एन्फाले जनाएको छ ।

लिगअन्तर्गत नवौं चरणको अन्तिम खेल जावालखेल युथ क्लब र एनआरटीबीच पूर्वनिर्धारित समयअनुसार नै हुने छ । पुलिस आठ खेलबाट सात अङ्क जोड्दै ११औँ स्थानमा तथा सात खेल नै खेलको च्यासल पाँच अङ्कका साथ १३औँ स्थानमा छ ।

प्रकाशित मिति : २ माघ २०७८, आइतबार  ६ : ४० बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र