अमेरिकाको टेक्सासमा बन्धक यहुदीको उद्धार | Khabarhub Khabarhub

अमेरिकाको टेक्सासमा बन्धक यहुदीको उद्धार


२ माघ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अमेरिकाको टेक्सास राज्यको डलास शहरमा बन्धक बनाइएका चार जनालाई मुक्त गराइएको छ ।

कोलिविलको यहुदीको पूजा स्थल सिनगोगमा उनीहरुलाई बन्धक बनाइएको थियो । प्रहरीसँग १० घण्टा चलेको गतिरोधपछि उनीहरुलाई त्यहाँबाट सुरक्षित निकालिएको हो। बन्धकमा सिनगोगका रब्बी पनि सामेल थिए।

यसअघि प्रहरीको विशेष टिम त्यहाँ तैनाथ गरिएको थियो । एफबीआईका नेगोशिएटर्सले पनि आक्रमणकारीसँग कुराकानीमा घण्टौं लगाएका थिए । प्रहरीका अनुसार आक्रमणकारीको मृत्यु भएको छ । तर मृत्यु कसरी भयो भन्ने जानकारी प्राप्त नभएको जनाइएको छ । घटनान शान्त हुनु अघि विस्फोट र गोलीको आवाज सुनिएको थियो ।

स्थानीय मीडियालाई कानुन प्रवर्तन अधिकारीहरुले बताए अनुसार बन्धक बनाउनेहरुले पाकिस्तानी न्यूरोसाइन्टिस्ट आफिया सिद्दीकी को रिहाइको माग गरेको पनि सुनिएको थियो । आफिया अहिले अमेरिकामा ८६ वर्षको जेल सजाय काटिरहेका छन् । अफगानिस्तानमा एक अमेरिकी सैन्य अधिकारीलाई मार्ने कोशिशको आरोपमा आफिया दोषी ठकर भएका थिए ।

इजरालयका प्रधानमन्त्री नफ्ताली बेनेटले यस घटनाबारे यहुदी समुदायलाई सम्बोधित गर्दै भनेका थिए, ‘म कोलिविल र विश्वभरका यहुदीलाई भन्न चाहन्छु कि तपाईं एक्लै हुनुहुन्न हामी तपाईंको साथमा खडा छौं ।’

 

प्रकाशित मिति : २ माघ २०७८, आइतबार  ७ : ४३ बजे

भक्तपुरस्थित निवासबाटै मध्यरातमा पक्राउ परे दुर्गा प्रसाईं

काठमाडौं- आगामी मंसिर ७ गते देश नै ठप्प पार्ने गरी

सुरक्षाका लागि ‘नेशनल भोलेन्टियर फोर्स’ गठन गर्ने एमालेको तयारी

काठमाडौं – नेकपा एमालेले पार्टी, नेतृत्व, जनता र देशको सुरक्षाका

उपत्यकाका मेयरहरूसँग प्रधानमन्त्रीको छलफल, बालेनले गरे बहिस्कार

काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौँ उपत्यकाका मेयरहरुसँग छलफल गरेकी छन्।

थाईल्याण्डका पूर्वप्रधानमन्त्री थाक्सिनलाई ५० करोड डलर कर तिर्न अदालतको आदेश

बैङ्कक – थाइल्यान्डको सर्वोच्च अदालतले सोमबार जेलमा रहेका पूर्व प्रधानमन्त्री

औद्योगिक ग्रामको काम अघि बढेन

दाङ – दाङको तुलसीपुर उपमहानगरपालिका–१६ स्थित ग्वारखोला किनारमा निर्माण गर्ने