अमेरिकाको टेक्सासमा बन्धक यहुदीको उद्धार « Khabarhub

अमेरिकाको टेक्सासमा बन्धक यहुदीको उद्धार


२ माघ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अमेरिकाको टेक्सास राज्यको डलास शहरमा बन्धक बनाइएका चार जनालाई मुक्त गराइएको छ ।

कोलिविलको यहुदीको पूजा स्थल सिनगोगमा उनीहरुलाई बन्धक बनाइएको थियो । प्रहरीसँग १० घण्टा चलेको गतिरोधपछि उनीहरुलाई त्यहाँबाट सुरक्षित निकालिएको हो। बन्धकमा सिनगोगका रब्बी पनि सामेल थिए।

यसअघि प्रहरीको विशेष टिम त्यहाँ तैनाथ गरिएको थियो । एफबीआईका नेगोशिएटर्सले पनि आक्रमणकारीसँग कुराकानीमा घण्टौं लगाएका थिए । प्रहरीका अनुसार आक्रमणकारीको मृत्यु भएको छ । तर मृत्यु कसरी भयो भन्ने जानकारी प्राप्त नभएको जनाइएको छ । घटनान शान्त हुनु अघि विस्फोट र गोलीको आवाज सुनिएको थियो ।

स्थानीय मीडियालाई कानुन प्रवर्तन अधिकारीहरुले बताए अनुसार बन्धक बनाउनेहरुले पाकिस्तानी न्यूरोसाइन्टिस्ट आफिया सिद्दीकी को रिहाइको माग गरेको पनि सुनिएको थियो । आफिया अहिले अमेरिकामा ८६ वर्षको जेल सजाय काटिरहेका छन् । अफगानिस्तानमा एक अमेरिकी सैन्य अधिकारीलाई मार्ने कोशिशको आरोपमा आफिया दोषी ठकर भएका थिए ।

इजरालयका प्रधानमन्त्री नफ्ताली बेनेटले यस घटनाबारे यहुदी समुदायलाई सम्बोधित गर्दै भनेका थिए, ‘म कोलिविल र विश्वभरका यहुदीलाई भन्न चाहन्छु कि तपाईं एक्लै हुनुहुन्न हामी तपाईंको साथमा खडा छौं ।’

 

प्रकाशित मिति : २ माघ २०७८, आइतबार  ७ : ४३ बजे

दोब्बर गतिमा हिउँ गुमाउँदै हिमनदी

काठमाडौँ– जलवायु परिवर्तनले बढ्दो विश्वव्यापी तापक्रमका कारण हिन्दुकुश हिमालय (एचकेएच) क्षेत्रका

सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक अवरुद्ध

नवलपरासी– वर्षाका कारण सडक चिप्लो भएपछि सवारी पार हुन नसकेपछि

निर्वाचन सम्पन्न भएकोमा नेपाललाई चीनको बधाई

काठमाडौँ– चीन सरकारले नेपालमा सङ्घीय संसद् निर्वाचन सम्पन्न भएकोमा बधाई

ट्रम्पद्वारा इरानविरुद्धको सैन्य कारबाही घटाउने संकेत, तेलमाथिको प्रतिबन्धमा अस्थायी खुकुलोपन

काठमाडौँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान विरुद्ध जारी सैन्य अभियानलाई

ताप्लेजुङको पाथीभरा क्षेत्रमा पाँचौँ पटक हिमपात

ताप्लेजुङ– ताप्लेजुङस्थित पाथीभरा मन्दिर क्षेत्रमा हिमपात भएको छ । शुक्रबार