ट्राफिकले फेरि चलायो ‘तपाईँको मास्क खोई’ अभियान « Khabarhub

ट्राफिकले फेरि चलायो ‘तपाईँको मास्क खोई’ अभियान


२ माघ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की– कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन सङ्क्रमणको सम्भावित जोखिम न्यूनीकरणका लागि ट्राफिक प्रहरीले पुनः तपाईँको मास्क खोई अभियान सञ्चालन सुरु गरेको छ ।

गण्डकी प्रदेशको राजधानीसमेत रहेको पोखरा र यस आसपासमा पछिल्ला दिनमा दैनिक कोरोना सङ्क्रमित बढेसँगै जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले सो अभियानलाई जिल्लामा निरन्तरता दिएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार मास्क अभियानसँगै सहरी तथा राजमार्गमा स्वास्थ्य मापदण्ड र जाँचलाई कडाइ गरिएको छ ।

कार्यालयका प्रमुख एवं प्रहरी निरीक्षक अमृत बस्नेतले ट्राफिक प्रहरीले स्वास्थ्य मापदण्ड पूरा नगरी सवारी चलाउने चालक तथा सवारीसाधनसमेतलाई नियन्त्रणमा लिएको बताए । उनले भने, “कोरोनाको बढ्दो जोखिम रोक्न मास्क अभियानलाई निरन्तरता दिएका छौँ । यसका साथै मास्क नलगाई सार्वजनिक तथा निजी सवारीसाधनमा यात्रा गर्नेहरूलाई मास्क लगाउन र सरकारले तोकेको स्वास्थ्य मापदण्डको पालना कडाइका साथ लागू गरिएको छ ।”

प्रहरीले सिट क्षमताभन्दा बढी यात्रु बोक्ने, सार्वजनिक सवारीमा सवार गर्दा तथा सार्वजनिक सेवा लिन आउँदा कोभिड–१९ विरुद्धको खोप लगाएको कार्ड नलिने सेवाग्राहीसमेतलाई कारबाही सुरु गरिएको जनाएको छ । स्वास्थ्य निर्देशनालयको निर्देशनबमोजिम मास्क, स्यानिटाइजरको प्रयोग, भौतिक दूरी कायमलगायत विषयमा जाँच गरेको कास्की ट्रफिक प्रहरीले पछिल्ला दुई दिनमा एक हजार ७५५ थान मास्क निःशुल्क विरतण गरेको जनाएको छ ।

यसैगरी दुई हजार २० प्रति स्वास्थ्यसम्बन्धी जनचेतनामूलक पर्चासमेत वितरण गरिएको जनाइएको छ । प्रहरीले स्वास्थ्य मापदण्ड उल्लङ्घन गरी यात्रु ओसारपसार गर्ने २२५ सार्वजनिक सवारीसाधन र १४९ यात्रुलाई कारबाही गरिएको जनाएको छ । ट्राफिक प्रहरीले जिल्लाका विभिन्न २९ स्थानमा जाँचचौकी स्थापना गरी २४ घण्टा नै सवारी जाँच सुरु गरिएको जनाएको छ ।

प्रकाशित मिति : २ माघ २०७८, आइतबार  ८ : ०१ बजे

पहिरो खसेर कर्णालीबासीलाई सताइरहने गगने खोला क्षेत्र (तस्बिरहरू)

कालिकोट– सुर्खेतदेखि जुम्लासम्म ट्रयाक जोडिएको दुई दशक भइसक्दा पनि कर्णाली

मधेसमा विद्युत् चुहावट घट्दै, दुई महिनामा २० करोडभन्दा बढी बक्यौता असुली

जनकपुरधाम– पछिल्ला केही वर्षयता मधेस प्रदेशमा विद्युत् चुहावट निरन्तर घट्दै

शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७० देशका ७८८ आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७८८ जनाले अनुमति

कांग्रेस महाधिवेशन : मतदानको समय दिउँसो १ बजेका लागि सर्‍याे

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि

भारतीय चर्चित अभिनेता नाना पाटेकरको निधन

काठमाडौँ– भारतका चर्चित अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन