प्रदेश २ को नाम र राजधानीमा जुटेन सहमति | Khabarhub Khabarhub

प्रदेश २ को नाम र राजधानीमा जुटेन सहमति

सोमबारबाट निर्वाचन कार्यक्रमको तयारी


२ माघ २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम- प्रदेश २ को नाम र स्थायी राजधानीको दलीय सहमति नभएको भन्दै विशेष समितिले निर्वाचन प्रक्रियाबाट नाम र राजधानीको टुंगो लगाउनुपर्ने निष्कर्षसहित आइतबार प्रदेश सभामा प्रतिवेदन पेस गरेको छ ।

आइतबार बसेको प्रदेश सभाको बैठकमा लोकतान्त्रि समाजवादी पार्टीका प्रमुख सचेतक परमेश्वर साहले पेस गरेको प्रतिवेदनमा ६ बुँदे निष्कर्षसहित नाम र राजधानी निर्वाचन प्रकृयाबाट टुंगो लगाउनुपर्ने उल्लेख छ । प्रदेशको नाम र राजधानीमा दलीय सहमतिका लागि सभामुख सरोजकुमार यादवको संयोजकत्वमा गठित विशेष समितिले १५ दिनमा विभिन्न पार्टीका सासदहरुसँग छलफल संवाद गरे पनि दलहरुबीच सहमति हुन सकेको छैन ।

प्रतिवेदनमा माघको पहिलो हप्तामै मतदानमा जान प्रदेश सभालाई अनुरोध गरिएको छ । गोप्य मतदान प्रक्रियाका लागि आवश्यक निर्वाचन कार्यविधि, जनशक्ति, श्रोत साधन, मतदान सामग्री र सुरक्षाको प्रबन्ध लगायतको व्यवस्थापन मिलाउन भनिएको छ । मतदान प्रक्रिया प्रदेश सभाको सभाकक्षसँगै टाँसिएको कक्षमा गर्न भनिएको छ ।

विशेष समितिले नाम र राजधानीका लागि आएका विभिन्न प्रस्तावहरुमा सहमति जुटाउने प्रयास गरिएको थियो । समितिका अनुसार नामका लागि मधेश, जानकी, मिथिला भोजपुरा र मध्य मधेशमा मतदान गर्न सुझाव दिइएको छ ।

समितिले स्थायी राजधानीका लागि आएको ६ वटा प्रस्ताव ३ वटा प्रस्तावमा झार्न सफल भएको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनमा राजधानीका लागि जनकपुरधाम उत्तरमा ढल्केबरस्थित पूर्व पश्चिम लोकमार्ग, पूर्वमा कमला नदी, पश्चिममा मिथिला मध्यमा परिक्रमा सडक र दक्षिण नेपालको सीमासम्म राखिएको प्रस्तावमा दलहरुबीच सहमति भएको जनाइएको छ ।

त्यसैरि, वीरगञ्जलाई राजधानी बनाउन दुई वटा प्रस्ताव पेस भएको छ । पहिलो महागरपालिका, पोखरीया नगरपालिका, सखुवा प्रसौनी गाउँपालिका, पर्सागढी नगरपालिका र जितपुर सिमरा निजगढ हुँदै सिमरौनगढसम्म र दोस्रो वीरगञ्ज महानगरपालिका भरिलाई राजधानीको रुपमा प्रस्ताव गरिएको छ ।

आइतबारदेखि सभामा सुरु भएको प्रदेश नाम र राजधानीको विषयको बहस सोमबार बिहान ११ बजेको बैठकमा पनि जारी रहने सभामुख यादवले जनाए । सोमबार पनि समहमतिको वातावरण नबने सोमबारदेखि निर्वाचन प्रक्रियाको तयारी हुने प्रदेश सभा सचिवालयले जनाएको छ ।

यसैबीच, प्रदेशको नाम र राजधानी सम्बन्धमा प्रदेश सभामा भइरहेको अन्तिम छलफलमा पनि दलहरु पुरानै अडानमा देखिएका छन् ।

छलफलमा मधेश केन्द्रित दल जसपा, लोसपा र माओवादी केन्द्र मधेशको पक्षमा लागेका छन् भने कांग्रेस मिथिला भोजपुरा र नेकपा एमालेले जानकी प्रदेशमै आफ्नो पुरानै अडान कायम राखेका छन् । यसरी दलहरुले आफ्ना पुरानै अडानमा अडिग देखिए पनि प्रदेशको नामाकरणमा दुई तिहाई पुग्ने सम्भावना कम देखिएको छ ।

प्रदेश सभामा अहिले सभामुखसहित १०४ जना सासद रहेका छन् । दुई तिहाइको संख्या पुर्‍याउन कम्तिमा ७० प्रदेशसभा सदस्यको समर्थन चाहिन्छ । मधेशको पक्षमा जसपाको ३९, लोसपाका १६ र माओवादी केन्द्रका ८ गरि ६३ प्रदेश सांसद रहेका छन् । रिजवान अन्सारी नेतृत्वको नेपाल संघीय समाजवादी मधेशकै पक्षमा आए पनि दुई तिहाईका लागि ६ मत अपुग हुने देखिन्छ ।

प्रकाशित मिति : २ माघ २०७८, आइतबार  ८ : ५० बजे

पीडादायी दुखाइ निको पार्न बीपी प्रतिष्ठानमा रेडियोफ्रिक्वेन्सी एब्लेसन सेवा सुरु

सुनसरी – विभिन्न कारणले शरीरमा हुने दीर्घकालिक गम्भीर दुखाइ निराकरण

रास्वपा प्रवक्ता झाले भेटे पूर्वराष्ट्रपति भण्डारीलाई

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मनिष झाले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई

भारतीय निर्वाचन आयोगमाथि विपक्षीले लगाए धाँधलीको आरोप

नयाँ दिल्ली- लामो समयदेखि विश्वको सबैभन्दा ठूलो लोकतन्त्रको निष्पक्ष संरक्षक

बीपीको आक्रोश – ‘के मैले इन्दिरा गान्धीसँग गएर हिन्दुस्तानको हितको खिलाफ गर्दिनँ भन्ने ?’

धर्मराज युधिष्ठिरलाई स्वर्ग आउजाउमा कुनै रोकतोक थिएन । अमेरिकी ग्रीनकार्ड

मौलिक संस्कृतिको निरन्तरताका निम्ति पर्वहरू महत्वपूर्ण छन् : प्रदेश प्रमुख मियाँ

कैलाली– सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले मौलिक संस्कृतिको निरन्तरतका