२४ घण्टामा विश्वभर २६ लाखले जिते कोरोना « Khabarhub

२४ घण्टामा विश्वभर २६ लाखले जिते कोरोना


४ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्वभर कोरोनाका थप २६ लाख बिरामी निको भएका छन्। गत २४ घण्टामा यो खबर तयार पार्दासम्म २६ लाख ३३ हजार संक्रमित निको भएको कोरोनाको तथ्याङ्क अद्यावधिक गर्दै आएको वल्डोमिटरले उल्लेख गरेको छ। यो सँगै विश्वभर कोरोना जित्नेको संख्या ३३ करोड ३ लाख ९६ हजारभन्दा धेरै भएको छ।

यस्तै थप १ लाख ६० हजार नयाँ संक्रमित थपिएसँगै विश्वभर कोरोना पुष्टि हुनेको संख्या ४१ करोड ५७ लाख ३३ हजार पुगेको छ।

२४ घण्टामा ९ हजार ७ सय जना संक्रमितको मृत्यु भएको छ। अहिलेसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या ५८ लाख ५५ हजार पुगेको वल्डोमिटरले उल्लेख गरेको छ।

कोरोना संक्रमित थपिने दर कम हुँदै गएपछि सक्रिय संक्रमितको संख्या पनि कम हुँदै गएको छ।

अहिले विश्वभर ७ करोड १४ लाख १ हजार सक्रिय संक्रमित रहेकामा ८५ हजारको अवस्था जटिल रहेको र बाँकीको अवस्था सामान्य रहेको छ।

अहिलेसम्म सबैभन्दा धेरै अमेरिकामा मात्रै ७ करोड ९६ लाखमा कोरोना पुष्टि हुँदा ५ करोड ३ लाख निको भएका छन्। ९ लाख ४ हजारको भने मृत्यु भएको छ। त्यहाँ गत २४ घण्टामा मात्रै २ हजारभन्दा धेरै संक्रमितको मृत्यु भएको छ।

नेपालको अवस्था

नेपालमा पछिल्लो २४ घण्टामा ६८० जनामा कोरोना संक्रमण थपिएको छ।

७ हजार ९५ जनाको स्वास्थ्य परीक्षण गर्दा ६८० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मंगलबार ४ हजार २५६ जनाको पीसीआर र २ हजार ८३९ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।

पीसीआर परीक्षणबाट ४९८ र एन्टिजेन परीक्षणबाट १८२ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। सोही अवधिमा १ हजार ८३५ जनाले कोरोनालाई जितेका छन्।

मंगलबार थप २ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९०२ पुगेको छ। अहिले देशभर १९ हजार ४०० जना सक्रिय संक्रमित छन्।

प्रकाशित मिति : ४ फाल्गुन २०७८, बुधबार  ५ : ५८ बजे

रसुवा बाढी : १२ सय ९४ जनाको निधन भएको पुष्टि

काठमाडौं– रसुवा बाढीमा परी हालसम्म १२ सय ९४ जनाको निधन

भोटेकोशी बाढी : त्रिशूली–३ ‘ए’ मा खोज तथा उद्धार जारी

काठमाडौं- भोटेकोशी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकाको

एनभीएलमा सगरमाथा स्म्यासर्सको विजयी सुरुवात

काठमाडौं– पहिलो संस्करणको नेपाल भलिबल लिग (एनभीएल) मा सगरमाथा स्म्यासर्सले

१४ सहसचिव र ९ उपसचिवको सरुवा

काठमाडौं- सरकारले १४ जना सहसचिव र ९ जना उपसचिव गरी