विश्व इतिहासमा आज भएका केही घटना « Khabarhub

विश्व इतिहासमा आज भएका केही घटना


४ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आज १६ फेब्रुबरी २०२२ । प्रस्तुत छ विश्व इतिहासमा आज भएका केही घटना :

हेजबोल्लाह समूहको स्थापना

सन् १९८५ मा हेजबोल्लाह समूह स्थापना भएको थियो । लेबनानको राजनीतिक पार्टी तथा लडाकु समूह हेजबोल्लाहलाई विभिन्न पश्चिमेली मुलुकहरुले आतकंकारी संगठनका रुपमा वर्गीकरण गरेका छन् ।

फिडेल क्यास्ट्रो क्युबाका प्रधानमन्त्री

सन् १९५९ मा फिडेल क्यास्ट्रो क्युबाका प्रधानमन्त्री बनेका थिए । सन् १९७६ को डिसेम्बरसम्म प्रधानमन्त्री बनेका क्यास्ट्रो फेरि क्युबाको राज्य परिषदको अध्यक्ष भएका थिए । उनले सन् २००८ को फेब्रुवरीमा आफ्नो पदबाट राजिनामा दिएका थिए ।

किम जोङ इलको जन्म

आजकै दिन उत्तर कोरियाली नेता किम जोङ इलको जन्म भएको थियो । सन् १९४१ को १६ फेब्रुबरीमा रसियाको साइबेरियमा जन्मिएका इलको मृत्यु २०११ को १७ डिसेम्बरमा भएको थियो ।

क्वेटो प्रोटोकल कार्यान्वयन

सन् २००५ को १६ जनवरीदेखि क्वेटो प्रोटोकल कार्यान्वयनमा आएको थियो । सन् १९९७ मा जलवायुसम्बन्धी राष्ट्रसंघीय सम्झौता क्वेटो प्रोटोकलमा हस्ताक्षर भएको थियो । विश्वबाट हरितगृह ग्यासको उत्सर्जन घटाउन सो सम्झौतामा विभिन्न देशहरुले हस्ताक्षर गरेका थिए । अमेरिकाले भने सो सम्झौता अनुमोदन गरेको थिएन् ।

प्रकाशित मिति : ४ फाल्गुन २०७८, बुधबार  ६ : ५९ बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन