विश्व इतिहासमा आज भएका केही घटना « Khabarhub

विश्व इतिहासमा आज भएका केही घटना


४ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आज १६ फेब्रुबरी २०२२ । प्रस्तुत छ विश्व इतिहासमा आज भएका केही घटना :

हेजबोल्लाह समूहको स्थापना

सन् १९८५ मा हेजबोल्लाह समूह स्थापना भएको थियो । लेबनानको राजनीतिक पार्टी तथा लडाकु समूह हेजबोल्लाहलाई विभिन्न पश्चिमेली मुलुकहरुले आतकंकारी संगठनका रुपमा वर्गीकरण गरेका छन् ।

फिडेल क्यास्ट्रो क्युबाका प्रधानमन्त्री

सन् १९५९ मा फिडेल क्यास्ट्रो क्युबाका प्रधानमन्त्री बनेका थिए । सन् १९७६ को डिसेम्बरसम्म प्रधानमन्त्री बनेका क्यास्ट्रो फेरि क्युबाको राज्य परिषदको अध्यक्ष भएका थिए । उनले सन् २००८ को फेब्रुवरीमा आफ्नो पदबाट राजिनामा दिएका थिए ।

किम जोङ इलको जन्म

आजकै दिन उत्तर कोरियाली नेता किम जोङ इलको जन्म भएको थियो । सन् १९४१ को १६ फेब्रुबरीमा रसियाको साइबेरियमा जन्मिएका इलको मृत्यु २०११ को १७ डिसेम्बरमा भएको थियो ।

क्वेटो प्रोटोकल कार्यान्वयन

सन् २००५ को १६ जनवरीदेखि क्वेटो प्रोटोकल कार्यान्वयनमा आएको थियो । सन् १९९७ मा जलवायुसम्बन्धी राष्ट्रसंघीय सम्झौता क्वेटो प्रोटोकलमा हस्ताक्षर भएको थियो । विश्वबाट हरितगृह ग्यासको उत्सर्जन घटाउन सो सम्झौतामा विभिन्न देशहरुले हस्ताक्षर गरेका थिए । अमेरिकाले भने सो सम्झौता अनुमोदन गरेको थिएन् ।

प्रकाशित मिति : ४ फाल्गुन २०७८, बुधबार  ६ : ५९ बजे

योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’

म्याग्दी– पृष्ठभूमिमा लहरै हिमाल । वरपर घना जङ्गल । शान्त

सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न

काठमाडौं – सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका-३ दोभानस्थित निर्माणाधीन सुरुङ

गाँजासहित एक भारतीय पक्राउ

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब चार किलो २८४ ग्राम गाँजासहित

ला लिगा : विपक्षीको पोस्टमा एल्चेको चार गोल

काठमाडौं – ला लिगा अन्तर्गत गएराति भएको खेलमा रायो भालेकानोमाथि

विभागले गर्‍याे दुई रेष्टुरेन्टलाई ५० हजार रुपैयाँको दरले जरिवाना

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई वटा उद्योग