कर्णाली प्रदेश प्रमुख परियारले भने – ‘बयलकाँडा साहसिक पर्यटनको आकर्षण केन्द्र’ « Khabarhub

कर्णाली प्रदेश प्रमुख परियारले भने – ‘बयलकाँडा साहसिक पर्यटनको आकर्षण केन्द्र’


४ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत – कर्णाली प्रदेशका प्रमुख तिलक परियारले सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१४ बयलकाँडा साहसिक पर्यटनको आकर्षण केन्द्र बन्दै गएको बताएका छन् ।

प्याराग्लाडिङ उडान भर्ने क्षेत्रमा पुगेका उनले ऐतिहासिक महत्व बोकेको सुर्खेतको पुरानो सदरमुकाम गोठीकाँडा वर्तमान समयमा साहसिक पर्यटनको आकर्षण केन्द्र बन्दै गएको उल्लेख गरेका छन् ।

‘बयलकाँडा सुर्खेत उपत्यकाको शिरजस्तै छ’, परियारले भने, ‘प्राकृतिक सुन्दरताले भरिएको यस ठाउँबाट सुर्खेत उपत्यकाको दृश्यावलोकन अझ बढी मनमोहक देखिँदोरहेछ ।’ गर्मी याममा शीतलता प्राप्त गर्न सकिने प्राकृतिक भूबनोट र ऐतिहासिक महत्व बोेकेको बयलकाँडाको पर्यटन प्रवर्द्धनका लागि प्रदेश र सङ्घ सरकारसँग आवश्यक पहल गर्ने उनले बताए । सो क्षेत्रमा वेलकम प्याराग्लाइडिङ कम्पनीले दुई सातादेखि प्याराग्लाडिङ उडान भर्दै आएको छ ।

सो वडाका वडाध्यक्ष टोपबहादुर दर्लामीले पछिल्लो समयमा आन्तरिक तथा बाह्य पर्यटक बढ्दै गए पनि सरकारको संस्थागत, नीतिगत, योजनागत विकास र पूर्वाधारमा लगानी नहुँदा यहाँको अपेक्षित विकास हुन नसकेको समस्या दर्शाए । सङ्घ र प्रदेश सरकारको उचित ध्यान नपुग्दा गोठीकाँडा राजधानीको समीपमा बत्तीमुनिको अँध्यारोजस्तै भएको उनको भनाइ थियो ।

पानी, बत्ती र पक्की बाटोको समस्या रहेको सो क्षेत्रको विकासका लागि पहल गरिदिन स्थानीयवासीले प्रदेश प्रमुख परियारसँग माग गरेका छन् ।

प्रकाशित मिति : ४ फाल्गुन २०७८, बुधबार  ८ : ४१ बजे

‘प्रधानमन्त्री कप’ गण्डकी प्रदेशस्तरीय क्रिकेट छनोट बिहीबारदेखि

कास्की – ‘प्रधानमन्त्री कप’ राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि गण्डकी प्रदेशस्तरीय

‘गलत निशाना’ का कारण इरानी विद्यालयमा क्षेप्यास्त्रले लागेको अमेरिकाको स्पष्टीकरण

वासिङ्टन – इरानको एक विद्यालयमा ‘गलत निशाना लागेका कारण’ टोमाहक

सवारी दुर्घटनामा एक जनाको मृत्यु

सुनसरी – सुनसरीको कोसी गाउँपालिका–४ मा आज सवारी दुर्घटना हुँदा

साउदी अरेबियामा रहेका नेपालीलाई सजग रहन अनुरोध

काठमाडौं – साउदी अरेबियास्थित नेपाली दूतावासले मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो

हिमालयन ह्वाइटवाटर च्यालेन्जको दोस्रो दिन जे देखियो (तस्बिरहरू)

चितवन । त्रिशूली नदीमा जारी २४औँ हिमालयन ह्वाइटवाटर च्यालेन्ज २०२६