कर्णाली प्रदेश प्रमुख परियारले भने – ‘बयलकाँडा साहसिक पर्यटनको आकर्षण केन्द्र’ « Khabarhub

कर्णाली प्रदेश प्रमुख परियारले भने – ‘बयलकाँडा साहसिक पर्यटनको आकर्षण केन्द्र’


४ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत – कर्णाली प्रदेशका प्रमुख तिलक परियारले सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१४ बयलकाँडा साहसिक पर्यटनको आकर्षण केन्द्र बन्दै गएको बताएका छन् ।

प्याराग्लाडिङ उडान भर्ने क्षेत्रमा पुगेका उनले ऐतिहासिक महत्व बोकेको सुर्खेतको पुरानो सदरमुकाम गोठीकाँडा वर्तमान समयमा साहसिक पर्यटनको आकर्षण केन्द्र बन्दै गएको उल्लेख गरेका छन् ।

‘बयलकाँडा सुर्खेत उपत्यकाको शिरजस्तै छ’, परियारले भने, ‘प्राकृतिक सुन्दरताले भरिएको यस ठाउँबाट सुर्खेत उपत्यकाको दृश्यावलोकन अझ बढी मनमोहक देखिँदोरहेछ ।’ गर्मी याममा शीतलता प्राप्त गर्न सकिने प्राकृतिक भूबनोट र ऐतिहासिक महत्व बोेकेको बयलकाँडाको पर्यटन प्रवर्द्धनका लागि प्रदेश र सङ्घ सरकारसँग आवश्यक पहल गर्ने उनले बताए । सो क्षेत्रमा वेलकम प्याराग्लाइडिङ कम्पनीले दुई सातादेखि प्याराग्लाडिङ उडान भर्दै आएको छ ।

सो वडाका वडाध्यक्ष टोपबहादुर दर्लामीले पछिल्लो समयमा आन्तरिक तथा बाह्य पर्यटक बढ्दै गए पनि सरकारको संस्थागत, नीतिगत, योजनागत विकास र पूर्वाधारमा लगानी नहुँदा यहाँको अपेक्षित विकास हुन नसकेको समस्या दर्शाए । सङ्घ र प्रदेश सरकारको उचित ध्यान नपुग्दा गोठीकाँडा राजधानीको समीपमा बत्तीमुनिको अँध्यारोजस्तै भएको उनको भनाइ थियो ।

पानी, बत्ती र पक्की बाटोको समस्या रहेको सो क्षेत्रको विकासका लागि पहल गरिदिन स्थानीयवासीले प्रदेश प्रमुख परियारसँग माग गरेका छन् ।

प्रकाशित मिति : ४ फाल्गुन २०७८, बुधबार  ८ : ४१ बजे

नेप्से परिसूचकमा सामान्य अंकको गिरावट

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचकमा सामान्य अंकको गिरावट देखिएको छ। 

राष्ट्रिय सभाको हिउँदे अधिवेशन माघ ४ गते बोलाउन सिफारिस

काठमाडौं– सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले संघीय संसद्को माथिल्लो सदन

दलबल लिएर देउवा भेट्न पुगे शेखर

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालासहितको टोली शेरबहादुर देउवालाई भेट्न

नेपाली कांग्रेसद्वारा सबै सदस्यसमक्ष एकता र संयमको अपील

काठमाडौँ– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले देश अहिले गम्भीर

विशेष महाधिवेशनले संकटमा परेपछि कानुन व्यवसायी र पार्टी पदाधिकारीसँग छलफल गर्दै देउवा

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूनिकट कानून व्यवसायी र