ए डिभिजन लिगमा आज तीन खेल हुने, को-को भिड्दैछन् ? « Khabarhub

ए डिभिजन लिगमा आज तीन खेल हुने, को-को भिड्दैछन् ?


४ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – साबिक विजेता मछिन्द्र फुटबल क्लब र नवप्रवेशी सातदोबाटो युथ क्लब भिड्दै गर्दा सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज (बुधबार) तीन खेलहरु हुँदैछन् । दशरथ रंगशालामा दुई र एन्फा कम्प्लेक्समा एक खेल हुनेछन् ।

दिउँसो एक बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा मछिन्द्र फुटबल क्लब र सातदोबाटो युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । यस खेल जिते मछिन्द्र लगातार दोस्रो पटक लिग च्याम्पियन बन्नेछ । हार या बराबरले भने लिग जित्न मछिन्द्रले अर्को खेल कुर्नुपर्नेछ।

शीर्ष स्थानको मछिन्द्रको १० खेलमा २६ अंक छ । सातदोबाटो १५ अंक जोडेर छैटौं स्थानमा छ।

सोही समय सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा त्रिभुवन आर्मी फुटबल क्लबलाई हिमालयन शेर्पा क्लबले चुनौती दिनेछ। आर्मी १८ अंक जोडेर लिगको तेस्रो स्थानमा छ । हिमालयन १२ अंक जोडेर आठौं स्थानमा छ ।

दिनको तेस्रो खेलमा दशरथ रंगशालामा बिभागीय टोली नेपाल पुलिस क्लब र थ्री स्टार क्लब आमने सामने हुनेछन् । थ्री स्टार १७ अंक जोडेर चौंथो स्थानमा छ भने पुलिस १० अंक जोडेर दशौँ स्थानमा छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०७८, बुधबार  ८ : ५५ बजे

टोली लिएर देउवा भेट्न पुगे शेखर

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालासहितको टोली  शेरबहादुर देउवालाई

नेपाली कांग्रेसद्वारा सबै सदस्यसमक्ष एकता र संयमको अपील

काठमाडौँ– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले देश अहिले गम्भीर

विशेष महाधिवेशनले संकटमा परेपछि कानुन व्यवसायी र पार्टी पदाधिकारीसँग छलफल गर्दै देउवा

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूनिकट कानून व्यवसायी र

यस्ता छन् मन्त्रिपरिषद् बैठकका छ निर्णय

काठमाडौं– सरकारले राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय

नेपालको कुल स्वास्थ्य खर्चको सबैभन्दा ठूलो हिस्सा नसर्ने रोगमा : स्वास्थ्यमन्त्री 

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा शर्मा गौतमले नेपालको कुल