यु-१८ महिला साफ : नेपालले भारतविरुद्ध प्रतिस्पर्धा गर्दै प्रतियोगिताको सुरुवात हुने « Khabarhub

यु-१८ महिला साफ : नेपालले भारतविरुद्ध प्रतिस्पर्धा गर्दै प्रतियोगिताको सुरुवात हुने


४ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले भारतमा आयोजना हुने यु-१८ महिला च्याम्पियनसिपको खेल तालिका सार्वजनिक गरेको छ । तालिकाअनुसार प्रतियोगिता एक चैत ११ गतेसम्म चल्नेछ ।

भारतको जमशेदपुरमा हुने प्रतियोगितमा नेपाल, भारत र बंगलादेश गरी तीन टोलीको सहभागिता रहने छ ।

डबल राउण्ड रोबिनको आधारमा हुने च्याम्पियनसिपमा नेपालले आयोजक भारतविरुद्ध प्रतिस्पर्धा गर्दै प्रतियोगिताको सुरुवात गर्नेछ । नेपाल र भारतबीचको खेल १ चैत्रमा हुनेछ ।

३ चैत्रमा हुने दोस्रो खेलमा नेपालले बंगलादेशको सामना गर्नेछ । ७ गते दोस्रो पटक भारतविरुद्ध प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको अन्तिम खेमलमा नेपालले ९ गते बंगलादेशसँग खेल्ने तालिका छ । प्रतियोगिताको शीर्ष स्थानमा रहने टोलीले उपाधि जित्ने साफले जनाएको छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०७८, बुधबार  ९ : १८ बजे

एक करोड लागतमा पुस्तकालय भवन निर्माण

दमौली– यहाँको देवघाट गाउँपालिका–५ मा एक करोड लागतमा देवघाट सार्वजनिक

अर्थसंक्षेप : नेप्सेमा सामान्य गिरावट, भक्तपुर चेम्बरको अध्यक्षमा श्रेष्ठ निर्विरोध र एआई पहलमा भारतलाई अमेरिकी निम्तो

भक्तपुर चेम्बर अफ कमर्सको अध्यक्षमा श्रेष्ठ निर्विरोध लामोसमयदेखि शैक्षिक विकासको

विशेष महाधिवेशन पक्षधरको चेतावनी : सभापति नआए भोलि नै नयाँ नेतृत्व घोषणा हुन्छ

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षीय नेताहरूले बहुमत प्रतिनिधिको आवाजलाई

‘कांग्रेसको विशेष महाधिवेशनका पक्षमा पुगे ६३ प्रतिशत प्रतिनिधि’

काठमाडौं- काठमाडौंमा जारी नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको पक्षमा ६३

इरान वार्ता र युद्ध दुवैका लागि तयार छ : विदेशमन्त्री

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सयौँको ज्यान जानेगरी भएको प्रदर्शनलाई