संसद् भवन प्रवेशमा कडाइ, बन्दकर्ता प्रहरी नियन्त्रणमा  « Khabarhub

संसद् भवन प्रवेशमा कडाइ, बन्दकर्ता प्रहरी नियन्त्रणमा 


४ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अमेरिकी सहयोग परियोजना (एमसीसी)विरुद्ध सत्तासीन दलकै जनवर्गीय संगठन आन्दोलनमा उत्रिएपछि सरकारले सुरक्षा व्यवस्थामा कडाइ गरेको छ।

स्थानीय प्रशासनले नयाँ बानेश्वरस्थित संसद् भवन र त्यस आसपासका क्षेत्रमा सुरक्षा व्यवस्था कडाइ गरेको हो । संसद् भवन प्रवेश गर्नेलाई पनि कडाइका साथ चेकजाँच गरिने बताइएको छ।

सत्तासीन दलका जन वर्गीय संगठन, नेपाल बन्द आह्वान गरेका साना दल तथा अन्य समूहले संसद् भवन अगाडि प्रदर्शन गर्ने कार्यक्रम तय गरेपछि प्रशासनले संसद् भवन केन्द्रित सुरक्षा व्यवस्था अपनाएको हो । उपत्यकाका सडकमा बिहानैदेखि सुरक्षाकर्मीको बाक्लो उपस्थित छ।

महानगरीय प्रहरी कार्यालयका प्रवक्ता सन्तोष सिंह राठौरले सुरक्षा व्यवस्था कडाइ पारिएको बताएका छन् ।  बन्द गराउँदै हिँडेकालाई नियन्त्रणमा लिने क्रम जारी रहेको उनले जानकारी दिएका छन्।

सभामुख अग्नि सापकोटाले आज बिहान ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्। त्यसपछि दिउँसो १ बजे संसद् बैठक बस्नेछ ।

 

प्रकाशित मिति : ४ फाल्गुन २०७८, बुधबार  १० : ०५ बजे

प्रहरी महानिरीक्षक कार्की र सशस्त्र प्रहरी महानिरीक्षक पौडेल न्यूयोर्क प्रस्थान

काठमाडौं – प्रहरी महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरी महानिरीक्षक

हात्ती आक्रमणका पीडितको समाधान गर्ने मन्त्री गौतमको प्रतिबद्धता

चितवन – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले मानव–वन्यजन्तु

प्रविधिमार्फत निगरानी बढाउँदै ट्राफिक प्रहरी

काठमाडौं – उपत्यका ट्राफिक प्रहरी कार्यालयले प्रविधिको प्रयोगमार्फत निगरानी बढाएको

बङ्गलादेशको निर्यातमा सामान्य कमी

ढाका – सन् २०२५ को जुलाईदेखि सन् २०२६ को जुलाईसम्मको

चारआली ओभरपास : ५० प्रतिशत काम सम्पन्न

झापा – एसियाली राजमार्ग स्तरोन्नति आयोजनाअन्तर्गत झापाको मेचीनगरस्थित चारआलीमा निर्माणाधीन