बन्द गराउँदै हिँडेका विप्लव र वैद्यका ९ जना कार्यकर्ता बुटवलबाट पक्राउ « Khabarhub

बन्द गराउँदै हिँडेका विप्लव र वैद्यका ९ जना कार्यकर्ता बुटवलबाट पक्राउ


४ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल – बजार र यातायात बन्द गराउँदै हिँडेका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा र मोहन वैद्य ‘किरण’ नेतृत्वको माओवादी क्रान्तिकारीका ९ जना कार्यकर्ता बुटवलबाट पक्राउ परेका छन् ।

विप्लव नेतृत्वको नेकपा र क्रान्तिकारीका क्रमश: चार र तीन जना तथा वैज्ञानिक समाजवादीका दुई पक्राउ परेका हुन् । नेकपा जिल्ला सदस्य नविन थारु, युवा संगठन नेपालका केन्द्रीय सदस्य एवं रुपन्देही जिल्ला इन्चार्ज सन्तोष सुवेदी, माधव न्यौपाने, रामबहादुर थारुलाई प्रहरीले पक्राउ गरेको हो ।

क्रान्तिकारी माओवादीका नेता प्रेम सुवेदी, प्रगति राना, राजु भुजेल, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका शसी विक, तुलराज विकलगायत नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई प्रहरीले बुटवल बसपार्कबाट गिरफ्तार गरेको हो । प्रहरीका अनुसार उनीहरुलाई इलाका प्रहरी कार्यालय बुटवलमा राखिएको छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०७८, बुधबार  १० : ११ बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन