लारुम्बामा किराँत धर्मावलम्बीको भेला, किराँत धर्मगुरु र धर्मआमा अभिनन्दित « Khabarhub

लारुम्बामा किराँत धर्मावलम्बीको भेला, किराँत धर्मगुरु र धर्मआमा अभिनन्दित


४ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इलाम- नेपाली कांग्रेस इलामले किराँत धर्मगुरु र धर्मआमालाई अभिनन्दन गरेको छ ।

किराँत गुरुआमा पवित्राहाङ्मा लिङ्देनको ६६औं जन्मोत्सवको अवसरमा मंगलबार माङ्सेबुङ गाउँपालिकाका लारुम्बास्थित किराँत धार्मिकस्थलमा आयोजित विशेष कार्यक्रममा कांग्रेसले अभिनन्दन गरेको हो ।

कार्यक्रममा देश विदेशबाट सयौं किराँत धर्मावलम्बीहरु भेला भएका छन् । कांग्रेस इलामका सभापति डम्बरबहादुर खड्काले किराँत धर्मगुरु आत्मानन्द सेइङ र गुरुआमा पवित्राहाङ्मा लिङ्देनलाई अभिनन्दन गरेका हुन् ।

विश्व शान्ति, मानव एकता, समग्र प्राणीको रक्षार्थ तथा किराँत धर्म, संस्कृति, भाषा, लिपि र साहित्यमा पुर्‍याएको योगदानका लागि धर्मगुरु आत्मानन्द सेइङ र धर्मआमा पवित्राहाङ्मा लिङ्देनलाई अभिनन्दन गरिएको कांग्रेस इलामका सभापति खड्काले बताए ।

धर्मगुरु आत्मानन्द सेइङले पवित्राहाङ्मा लिङ्देनको जन्मोत्सवमा कांग्रेस इलामले अभिनन्दन गरेकोमा निकै खुसी लागेको बताउँदै धन्यवादसमेत दिए ।

किराँत धार्मिकस्थलमा यसअघि राजा वीरेन्द्र, ज्ञानेन्द्र शाह, प्रधानमन्त्रीहरु गिरिजाप्रसाद कोइराला, शेरबहादुर देउवा, माधवकुमार नेपाल, पुष्पकमल दाहाल प्रचण्ड, डा.बाबुराम भट्टराई, केपी ओलीलगायत आए पनि अहिलेसम्म उचित विकास हुन नसकेकोमा दुःख व्यक्त गरे ।

कांग्रेस नेता खड्काले किराँत धर्मको धार्मिकस्थल लारुम्बा र समग्र माङ्सेबुङ गाउँपालिकाको विकासमा आवश्यक सहयोग गर्ने प्रतिबद्धतासमेत जनाए । किराँत धर्मगुरु आत्मानन्द सेइङ र धर्मआमा पवित्राहाङ्मा लिङ्देनलाई अभिनन्दन गर्न पाउँदा आफूलाई निकै गर्व महसुस भएको पनि बताए ।

प्रकाशित मिति : ४ फाल्गुन २०७८, बुधबार  ११ : २० बजे

राष्ट्रियसभा निर्वाचनः बागमती प्रदेशका उम्मेदवारहरुलाई चुनाव चिह्न प्रदान

बागमती – आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि

कोशीका जेनजी प्रतिनिधि र हर्क राईबीच छलफल

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई र काउन्सिल

आसन्न निर्वाचनको परिणाम एमालेको पक्षमा : महासचिव पोखरेल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले आगामी

समानुपातिक बन्दसूचीबाट ८५ जनाले फिर्ता लिए नाम

काठमाडौँ- फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा समानुपातिकतर्फको बन्दसूचीबाट नाम

राजुनाथ पाण्डे काठमाडौँ–४ बाट चुनाव लड्ने तयारीमा

काठमाडौं- काठमाडौं महानगरपालिका प्रहरी बलका प्रमुख राजु पाण्डेले प्रतिनिधिसभा सदस्यको