लारुम्बामा किराँत धर्मावलम्बीको भेला, किराँत धर्मगुरु र धर्मआमा अभिनन्दित « Khabarhub

लारुम्बामा किराँत धर्मावलम्बीको भेला, किराँत धर्मगुरु र धर्मआमा अभिनन्दित


४ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इलाम- नेपाली कांग्रेस इलामले किराँत धर्मगुरु र धर्मआमालाई अभिनन्दन गरेको छ ।

किराँत गुरुआमा पवित्राहाङ्मा लिङ्देनको ६६औं जन्मोत्सवको अवसरमा मंगलबार माङ्सेबुङ गाउँपालिकाका लारुम्बास्थित किराँत धार्मिकस्थलमा आयोजित विशेष कार्यक्रममा कांग्रेसले अभिनन्दन गरेको हो ।

कार्यक्रममा देश विदेशबाट सयौं किराँत धर्मावलम्बीहरु भेला भएका छन् । कांग्रेस इलामका सभापति डम्बरबहादुर खड्काले किराँत धर्मगुरु आत्मानन्द सेइङ र गुरुआमा पवित्राहाङ्मा लिङ्देनलाई अभिनन्दन गरेका हुन् ।

विश्व शान्ति, मानव एकता, समग्र प्राणीको रक्षार्थ तथा किराँत धर्म, संस्कृति, भाषा, लिपि र साहित्यमा पुर्‍याएको योगदानका लागि धर्मगुरु आत्मानन्द सेइङ र धर्मआमा पवित्राहाङ्मा लिङ्देनलाई अभिनन्दन गरिएको कांग्रेस इलामका सभापति खड्काले बताए ।

धर्मगुरु आत्मानन्द सेइङले पवित्राहाङ्मा लिङ्देनको जन्मोत्सवमा कांग्रेस इलामले अभिनन्दन गरेकोमा निकै खुसी लागेको बताउँदै धन्यवादसमेत दिए ।

किराँत धार्मिकस्थलमा यसअघि राजा वीरेन्द्र, ज्ञानेन्द्र शाह, प्रधानमन्त्रीहरु गिरिजाप्रसाद कोइराला, शेरबहादुर देउवा, माधवकुमार नेपाल, पुष्पकमल दाहाल प्रचण्ड, डा.बाबुराम भट्टराई, केपी ओलीलगायत आए पनि अहिलेसम्म उचित विकास हुन नसकेकोमा दुःख व्यक्त गरे ।

कांग्रेस नेता खड्काले किराँत धर्मको धार्मिकस्थल लारुम्बा र समग्र माङ्सेबुङ गाउँपालिकाको विकासमा आवश्यक सहयोग गर्ने प्रतिबद्धतासमेत जनाए । किराँत धर्मगुरु आत्मानन्द सेइङ र धर्मआमा पवित्राहाङ्मा लिङ्देनलाई अभिनन्दन गर्न पाउँदा आफूलाई निकै गर्व महसुस भएको पनि बताए ।

प्रकाशित मिति : ४ फाल्गुन २०७८, बुधबार  ११ : २० बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन