स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका आठ अधिकारीको जिम्मेवारी हेरफेर « Khabarhub

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका आठ अधिकारीको जिम्मेवारी हेरफेर


४ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका आठ उच्च अधिकारीको जिम्मेवारी हेरफेर भएको छ । मंगलबार मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गरी ११औँ तहका आठ उच्च अधिकारीको जिम्मेवारी हेरफेर गरेको हो ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख रहेका डा. कृष्णप्रसाद पौडेललाई मन्त्रालयको नीति योजना महाशाखाको प्रमुखको जिम्मेवारी दिइएको छ । डा. पौडेलको ठाउँमा यसअघि कोसी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट रहेका डा. चुमनलाल दासलाई ल्याइएको छ । कोसी अस्पतालमा डा. यज्ञ खरेललाई निमित्त मेसुको जिम्मेवारी दिइएको छ ।

त्यसैगरी, राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र प्रमुखको जिम्मेवारी डा. यदुचन्द्र घिमिरेले पाएका छन् । डेढ महिनाअघि राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रको निर्देशकबाट केन्द्रीय कारागार अस्पतालमा सरुवा गरिएकी डा. सुधा देवकोटालाई पुनः सोही केन्द्रमा फिर्ता गरिएको छ । केन्द्रीय कारागार अस्पताल प्रमुखको जिम्मेवारी डा. प्रकाश साहलाई दिइएको छ ।

त्यस्तै, राष्ट्रिय क्षयरोग केन्द्रमा यसअघि राष्ट्रिय एड्स तथा यौनरोग केन्द्रका प्रमुख डा. सञ्जय ठाकुरलाई दिइएको छ ।

भरतपुर अस्पतालका वरिष्ठ बालरोग विशेषज्ञ डा. युवानिधि बसौलालाई कान्ति बाल अस्पतालको कार्यकारी निर्देशकको जिम्मेवारीमा पठाइएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०७८, बुधबार  ३ : ४५ बजे

बलात्कारीलाई फाँसीको माग गर्दै प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ की ३ वर्षीया बालिका गरिमा चौधरीको

बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

चितवन – खैरहनीमा बस र मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार दुई

विपक्षी खेलाडीको टाउकोमा झापड हानेपछि लियोनल मेसीलाई जरिवाना

काठमाडौं- विपक्षी खेलाडीलाई झापड हानेपछि मेजर लिग सकरमा इन्टर मियामीका

जनकपुरका पोखरी अतिक्रमण हटाउन डोजर, घरटहरा हटाउने अभियान सुरु

जनकपुरधाम- जनकपुरधामका पोखरी तथा गुठीको जग्गा अतिक्रमण गरी बनाइएका घर

गुल्मीमा पर्यटकीय गन्तव्यको नयाँ आकर्षण धुर्कोटको ‘ग्रेटवाल’

गुल्मी– गुल्मीको धुर्कोट गाउँपालिकाले ऐतिहासिक धुर्कोटकोट र बुढीकोटलाई जोड्ने गरी