ओमानबाट पनि विद्युतीय राहदानीको लाइभ इनरोलमेन्ट सुरु « Khabarhub

ओमानबाट पनि विद्युतीय राहदानीको लाइभ इनरोलमेन्ट सुरु


४ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा– ओमानबाट पनि विद्युतीय राहदानीको सेवा सुरु गरिएको छ । ओमानस्थित नेपाली दूतावासले मंगलबार विद्युतीय राहदानी जारी गर्ने कार्य सफलतापूर्वक परीक्षण गरिएको जनाएको छ ।

दूतावासले एक कार्यक्रम गर्दै दूतावासमा राहदानी बनाउन पुगेका प्रथम सेवाग्राही अमित गिरीको विद्युतीय राहदानीका लागि लाइभ इनरोलमेन्ट गरी मंगलबारै राहदानी विभागबाट उनको विद्युतीय राहदानी प्रिन्ट गरिएको जनाएको छ ।

यस सँगै दूतावासले ओमानमा बस्ने नेपालीलाई मंगलबारबाटै विद्युतीय राहदानीको सेवा प्रदान गर्न शुरूवात गरेको छ। दूतावासले पहिलो दिनमा दूतावासमा राहदानी नवीकरण गर्न पुगेका ७ जना नागरिकहरूको राहदानी नवीकरणको लागि लाइभ इन्‍रोलमेन्ट गरेको जनाएको छ ।

उक्त कार्यक्रममा बोल्दै विभागका महानिर्देशक डोरनाथ अर्यालले भर्चुअल माध्यम बाटै ओमानमा बसोबास गर्ने नेपालीहरूलाई विद्युतीय राहदानी सेवा लिने अवसर पाएकोमा बधाइ दिँदै उक्त सेवा अविलम्ब नगरी व्यवस्थापन गर्न सफल भएकोमा दूतावासका कर्मचारीहरूलाई हौसला दिंदै अनवरत सेवा प्रदान अनुरोध गरेका थिए ।

सो कार्यक्रममा आफ्नो भनाइ राख्दै कार्यवाहक राजदूत सोमेश थापाले उपस्थित अतिथिहरू तथा सेवाग्राहीहरूलाई विद्युतीय राहदानीबारेमा छोटकरीमा जानकारी प्रदान गर्दै हुँदै विद्युतीय राहदानी सेवा शुरूवात गर्ने कार्यमा विशेष सहयोग पुर्‍याउने सबैलाई धन्यवाद प्रकट गर्दै ओमानस्थित नेपाली समुदायमा सो सेवा प्रारम्भ भएको जानकारी पुर्‍याइदिन समेत अनुरोध गरेका थिए ।

राहदानी नवीकरण गर्नेहरूले आफ्नो पुरानो सक्कल राहदानी, नागरिकताको प्रतिलिपि र २० ओमानी रियाल (नगद) राजस्व साथ दूतावासमा आफैं उपस्थित हुनुपर्ने छ। राहदानी बनाउन आवश्यक फोटो लगायत अन्य बायोमेट्रिक विवरणहरू दूतावासमा लाइभ लिइनेछ।

नाबालकको हकमा जिल्ला/ईलाका प्रशासन कार्यालयबाट जारी नाबालक परिचय पत्र तथा राहदानी हराएकाहरूको हकमा ओमानी प्रहरीले जारी गरेको राहदानी हराएको प्रमाणपत्र थप आवश्यक पर्नेछ। अनलाईनबाट फारम भर्ने तरिका लगायत विद्युतीय राहदानी सम्बन्धी अन्य थप जानकारीहरू दूतावासबाट आगामी दिनमा पनि प्रकाशित दूतावासले जनाएको छ ।

विद्युतीय राहदानी सेवाको परीक्षण तथा शुरूवात कार्यक्रममा नेपालबाट राहदानी विभागका महानिर्देशक अर्याल तथा आइडिमियाका कर्मचारीहरूले भर्चुअल माध्यमबाट सहभागिता जनाएका थिए भने भौतिकरूपमा दूतावासका कार्यवाहक राजदूत थापा, दूतावासका कर्मचारीहरू, त्यहाँस्थित नेपाली सोसल क्लबका अध्यक्ष विकल झा लगायत विभिन्न संघ सस्थाका प्रतिनिधिहरु तथा सेवाग्राहीहरूको उपस्थिति थियो।

प्रकाशित मिति : ४ फाल्गुन २०७८, बुधबार  ९ : ४५ बजे

सुनको मूल्यले ३ लाख नाघ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– सुनको मूल्य आज ३ लाखमाथि पुगेको छ । आइतबारको कारोबारमा

आदिवासी जनजातिको पहिचान र संस्कृति नेपालको गौरव हो : राष्ट्रपति पौडेल

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानले विविधतामा एकतालाई आत्मसात्

गोसाइँकुण्डमा जनैपूर्णिमा मेलाको तयारी

रसुवा– रसुवाको प्रख्यात तीर्थस्थल गोसाइँकुण्डमा हरेक वर्ष जनैपूर्णिमाका दिन लाग्ने

रुपन्देहीको मर्चवारीमाईमा पूर्वाधारसँगै सामाजिक विकासमा जोड

रुपन्देही– रुपन्देहीको मर्चवारीमाई गाउँपालिकाले स्वास्थ्य, शिक्षा, कृषि, रोजगारी तथा सामाजिक

क्यानडा पठाइदिने भन्दै ३७ लाख ठगी गर्ने पक्राउ

काठमाडौँ – क्यानडा पठाइदिने भन्दै ३७ लाख रुपैयाँ ठगी गरेको