साउदीमा २२४ नेपालीको मृत्यु « Khabarhub

साउदीमा २२४ नेपालीको मृत्यु



दोहा : वैदेशिक रोजगारीका क्रममा गत वर्ष साउदी पुगेका २ सय २४ जना नेपाली कामदारको मृत्यु भएको छ। रियादस्थित नेपाली दूतावासले सन् २०२१ मा गरेका मुख्य कामहरु तथ्यांकगत विवरण सार्वजनिक गर्ने क्रममा दुर्घटना लगायत विविध कारणले एक वर्ष भित्रमा २२४ नेपाली कामदारको साउदीमा मृत्यु भएको जनाएको छ।

मृत्यु भएकामध्ये १८९ जनाको शव स्वदेश ल्याइएको छ भने ३५ जनाको साउदीमै अन्तिम संस्कार गरिएको दूतावासले जनाएको छ । दूतावासका अनुसार मृतकका परिवारलाई मृत्यु पूर्व साउदीमा पाउनुपर्ने ३३ लाख ८२ हजार ६६८ साउदी रियाल परिवारलाई पठाइएको पनि जनाएको छ।

यसैगरी, अढाई वर्षदेखि दूतावासको शेल्टरमा रहेका ह्विल चेयर विरामी वेदबहादुर भुजेलको अस्पताललाई भुक्तानी गर्न बाँकी ८ लाख २३ हजार साउदी रियाल (करिव अढाई करोड रुपैयाँ) अस्पतालबाट माफी गराई स्वदेश पठाइएको जनाएको छ।

सडक दुर्घटनामा मृत्यु भएका २०४ नेपाली कामदारको ब्लडमनी सम्बन्धी मुद्दा अदालतमा दायरका लागि सम्बन्धित प्रहरी कार्यालयमा फलोअप गरिएको अदालतमा दायर तथा सुनवाइ भएका मध्ये ३७ को फैसला भएको २४ वटा फैसलाबाट आएको १३ लाख ८६ हजार ५०० साउदी रियाल ब्लडमनी प्राप्त गरी मृतकका परिवारको नाममा पठाइएको दूतावासले जनाएको छ ।

३४ नेपाली महिलाको उद्धार

दूतावासले एक वर्षको अवधिमा ३४ नेपाली महिलाको उद्धार गरी स्वदेश पठाएको छ । साउदीमा समस्यामा परेका नेपाली महिलाको त्यहाँको विभिन्न स्थानबाट उद्धार गरी दूतावासको सेल्टरमा लामो समय राखेर आवश्यक प्रक्रिया पूरा गरी स्वदेश पठाइएको दूतावासले जनाएको छ ।

उनीहरूलाई सन् २०२१ को विभिन्न समयमा उद्धार गरी दूतावासको सेल्टरमा राखेर स्वदेश पठाइएको हो । दूतावास र घरफिर्तिकेन्द्रको समन्वयमा विभिन्न घर फिर्तिकेन्द्रमा रहेका १ हजार ९ सय ८६ नेपालीलाई स्वदेश फर्काइएको समेत जनाएको छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०७८, बुधबार  १० : १८ बजे

नवलपरासीमा रास्वपाका कार्यकर्ताले माओवादीका उम्मेदवार कुटेको आरोप

काठमाडौँ– नवलपरासी क्षेत्र नम्बर १ का नेकपा माओवादीका उम्मेदवारमाथि राष्ट्रिय

स्कटल्यान्डविरुद्ध ७ विकेटको जितसँगै नेपालको विश्वकप यात्रा सकियो

काठमाडौँ–जारी आईसीसी टी–२० विश्वकपमा नेपाली राष्ट्रिय क्रिकेटले पहिलो जित निकालेको

कक्षा १२ को परीक्षा वैशाख १४ गतेदेखि

भक्तपुर – यस वर्षको कक्षा १२ को परीक्षा आगामी वैशाख

एसपी सुवेदीलाई पर्सा पठाइयो

काठमाडौँ – जिल्ला प्रहरी कार्यालय पर्सामा एसपी नरेशराज सुवेदीलाई खटाउने

स्कटल्यान्डविरुद्ध पावर प्लेमा नेपालको उत्कृष्ट सुरुवात

काठमाडौँ- आईसीसी टी–२० विश्वकप अन्तर्गत समुह चरणको अन्तिम खेलमा स्कटल्यान्डविरुद्ध