एमसीसीबारे प्रधानमन्त्रीसँग प्रचण्डले राखेका पाँच विषय | Khabarhub Khabarhub

एमसीसीबारे प्रधानमन्त्रीसँग प्रचण्डले राखेका पाँच विषय


४ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बुधबार बिहानदेखिनै राजनीतिक वृत्त तरंगित बन्यो । प्रधानमन्त्री शेरबहादुर देउवाले आजका लागि बोलाइएको संसद बैठकमा एमसीसी टेबल गर्न जोडबल गरेपछि सबैको चासो माओवादी केन्द्रको संसदीय दलको बैठकमा रहेको थियो ।

बिहान १० बजेपछि बसेको संसदीय दलको बैठकले यथास्थितिमा एमसीसी पारित गर्न नसक्ने निर्णय गर्‍यो । सत्ता गठबन्धनको दोस्रो ठूलो दल माओवादी केन्द्रले यदी एमसीसी टेबल गर्न सरकारले जबरजस्ती गरे सरकारबाट बाहिरिने निर्णय समेत गरेपछि गठबन्धनको अस्तित्व संकटमा पर्न गयो ।

केही समयअघि मात्र एमसीसी मुख्यालयलाई प्रधानमन्त्री शेरबहादुर देउवासँग मिलेर संसदबाट पास गर्न समय माग गरेका प्रचण्ड पार्टीमा एमसीसीको विषयमा अल्पमतमा पर्न गए । जसका कारण एमसीसी पास गराउने निर्णय प्रचण्डले गर्न सकेनन् ।

पार्टीले एमसीसी यथास्थितमा गर्न नसक्ने निर्णयबारे जानकारी गराउन उनी सोझै बालुवाटार पुगे । जहाँ उनले प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग एक्ला एक्लै वार्ता गरे।

वार्ताका क्रममा प्रचण्डले एमसीसी पास गर्न नसक्नाको पाँच कारण बारे प्रधानमन्त्री देउवालाई बताए । प्रचण्डसँगको भेटबारे देउवा र प्रचण्डले आफू निकटका नेताहरुलाई ब्रिफिङ गरेका थिए ।

स्रोतका अनुसार प्रचण्डले प्रधानमन्त्री देउवाकासँग आफू अन्तर्राष्ट्रिय जगतबाट अलगिदै गएको बताएका थिए । ‘विश्वबाट म एक्लिँदै गएको छु । यस्तो अवस्थामा पार्टीमा पनि एक्लिने अवस्था बन्न दिने कुरा हुँदैन, त्यसैले मेरो विवशता तपाईंले बुझिदिनु परो’ प्रचण्डको भनाइ उदृत गर्दै स्रोतले भन्यो ।

पार्टी नेता र कार्यकर्तासमेत एमसीसीको विपक्षमा उभिएकाले आफूले एक्लै निर्णय गर्न नसक्ने प्रचण्डको भनाइ थियो ।

उनले आफूलाई सभामुख अग्निप्रसाद सापकोटाले पनि साथ नदिएको उनले प्रधानमन्त्रीसँग दु:खेसो पोखे ।

‘यसअघि महराजीले पनि मान्नु भएन अहिले अग्निजीले पनि साथ दिनु भएन’ प्रधानमन्त्रीसँग प्रचण्डको भनाइ उदृत गर्दै स्रोतले भन्यो ।

त्यसपछि प्रचण्डले एमसीसीलाई चुनावपछि लैजाने आफ्नो पूरानो प्रस्तावलाई फेरि सम्झाए । ‘चुनाव नजिकिँदै गएको छ, सक्नुहुन्छ भने एक वर्षपछिलाई सारौं’ प्रचण्डले प्रस्ताव गरे ।

प्रचण्डले स्पष्टताका साथ यही अवस्थामा परिमार्जन नगरी एमसीसीको पक्षमा माओवादी केन्द्र जान नसक्ने बताएका थिए ।

त्यसपछि यसबारे थप छलफलका लागि भोलि गठबन्धनको बैठक बोलाउन दुवै पक्ष सहमत भए ।

प्रकाशित मिति : ४ फाल्गुन २०७८, बुधबार  ८ : ०२ बजे

माइभगवती रङ्गशाला : बजेट अभावमा निर्माण ठप्प

फिक्कल– इलाम नगरपालिका–१० गोदकस्थित राजदुवाली टप्पुमा निर्माणाधीन अन्तर्राष्ट्रियस्तरको ‘माइभगवती रङ्गशाला’

रास्वपाले भन्यो- कांग्रेस-एमालेले संकलन गरेको हस्ताक्षर लोकतन्त्रको लागि ठूलो खतरा

काठमाडौं– प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सत्तारूढ नेपाली कांग्रेस र

अमेरिकी प्रष्टिकरण : भारतमाथिको प्रतिबन्ध रूसलाई दबाब बढाएर युद्ध रोक्न

नयाँदिल्ली- अमेरिकाले भारतमाथि लगाइएको प्रतिबन्धले रसियालाई युक्रेन युद्ध रोक्न दबाब

लगानीमैत्री वातावरण बनाउन सरकार लागि परेको छ : मन्त्री पाण्डे

कीर्तिपुर– पर्यटन, संस्कृति तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटनमा निजी

अस्ट्रेलियाका २५ हलमा लाग्दै ‘माग्ने राजा’

काठमाडौं – केदार घिमिरे ‘माग्ने बूढा’ शीर्ष भूमिकामा रहेको फिल्म